पुतलीबजार नगरपालिका पूर्णखोप सुनिश्चितता

पुतलीबजार नगरपालिका पूर्णखोप सुनिश्चितता
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना प्रतिवद्धताको घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पुतलीबजार नगरपालिकालार्ई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तीले कार्यक्रमको उदघाटनमा हस्ताक्षर गर्दै पुतलीबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपनामा प्रतिबद्धता सहितको घोषणा गरेका हुन् । बिभिन्न रोगसँग लड्ने क्षमता अभिबृद्धि गराउने हुँदा बालबालिकाका उमेर अनुरुप खोप लगाउनका लागि अभिभावकसहित सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । 

आर्थिक बर्ष २०८१/०८२ मा नगरपालिकाभित्र १६ देखि २३ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनु पर्ने सबै खोप पुरा गरेका कारण पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । पुतलीबजारका १४ वटा वडामा रहेका ४८१ जना बालबालिकाले तोकिएको समयमा सबै खोपको मात्रा पुरा भएपछि नगरपालिकाले पूर्ण खोप सुनिश्चितता गर्दै आगामी दिनको दिगोपनाको प्रतिबद्धता गरिएको प्रमुख रेग्मीको भनाई छ । 

बालबालिकाले पाउनु पर्ने सबै खोपप्रति नगरपालिका अत्यन्तै जिम्मेवार र सम्बेदनशील रहेको उनले बताए।  आगामी दिनमा पनि बालबालिकालाई दिईने खोपको दिगोपनाको प्रतिवद्धता सहित पूर्णखोप सुनिश्चितताको घोषणा गरिएको प्रमुख रेग्मीले बताए।

कार्यक्रममा प्रदेश स्वास्थ्य कार्यालय पुतलीबजारका प्रमुख रामबहादुर नेपाली, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नगर शिक्षा अधिकारी बाबुराम बराल, नगर प्रवक्ता मनोज पौडेल, स्वास्थ्य शाखाअधिकृत ईश्वरबहादुर थापा, अहेव मित्र अर्याल  लगायतले पूर्ण खोप लगाउनुको उदेश्य भनेको मृत्युदर घटाउनु भएको बताउदै कुनै पनि बालबालिकाले खोप पाउने अधिकारबाट वंचित गराउन नहुनेमा जोड दिए। 

वडाअध्यक्ष सहित जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु,  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी सहितकोे सहभागितामा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पालिका घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितताकालागि खटेर आ आफना जिम्मेवारी पूरा गरेको जनाउदै पुतलीबजार नगरपालिकाका १४ वटै वडाका स्वास्थ्यचोैकीलाई पनि पुतलीबजार नगरपालिकाले सम्मान गरेको छ। यसैगरी, प्रदेश स्वास्थ्य कार्यालयले पुतलीबजारलाई सम्मान गरेको छ। 
  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.