निजगढको होटलमा एक युवतीको शंकास्पद मृत्यु

निजगढको होटलमा एक युवतीको शंकास्पद मृत्यु
सुन्नुहोस्

सिमरा : बाराको निजगढस्थित एक होटलमा शुक्रबार राति एक युवतीको शंकास्पद मृत्यु भएको छ । निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा २५ वर्षीया सीता थिङ्गको मृत्यु भएको हो ।

निजगढ नगरपालिका १२ घर भएकी थिङ्ग आफ्ना अन्य तीन जना साथीसँग होटलमा आएकी थिइन् । राति ११ बजे अचेत अवस्थामा भेटिएकी उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको घाँटीमा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सीता जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३५ वर्षीय महेश माझीसँग होटलमा आएकी थिइन् । सीतासँग निजगढकी अर्की एक युवती र महेशसँग टांगियाबस्तीका अर्का एक पुरुष साथी पनि साथमा थिए । राति करिब साढे सात बजे उनीहरु होटलमा प्रवेश गरेको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको छ ।

उनीहरुले होटलमा बसेर मदिरा पिएको र खाना खाएपछि छुट्टाछुट्टै कोठामा गएका थिए । महेश र सीता एउटा कोठामा र अर्का दुई साथी अर्को कोठामा थिए । राति करिब ११ बजे महेशले अर्को कोठामा रहेकी सीताकी साथीलाई बोलाउँछन् । सीताले बाथरुममा झुण्डिने प्रयास गरेको र आफू एम्बुलेन्स बोलाउन जाने भन्दै महेश होटलबाट बाहिर निस्कन्छन् ।

ती युवतीलाई अचेत सीताको साथमा छोडेर बाहिर निस्किएका महेश मोटरसाइकल लिएर फरार हुन्छन् । महेशले होटल सञ्चालकलाई समेत साथी बिरामी भएकाले एम्बुलेन्स लिन जान लागेको बताउँछन् । महेशसँगै आएका अर्का युवक पनि सीतालाई अचेत देखेपछि फरार हुन्छन् । घटनास्थलमा रहेकी सीताकी साथीले होटल सञ्चालकलाई खबर गर्छिन् र होटल सञ्चालकले तत्काल प्रहरीलाई बोलाउँछ ।

खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुग्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर समेत रातिनै कलैयाबाट निजगढ पुग्छन् । घटनास्थलमा रहेकी सीताकी साथीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गर्छ । सीताकी साथीले प्रहरीलाई घटनाको यथार्थ बताउँछिन् । प्रहरीले तत्कालै महेशको खोजी सुरु गर्छ । घटनास्थलबाट फरार भएका महेशलाई खोज्दै प्रहरी उनको गाउँ टांयिाबस्ती पुग्छ ।

सोही क्रममा जंगलको बीचमा महेशसँगै होटलमा आएका अर्का युवक पक्राउ पर्छन् । महेश भने टांगियाबस्तीस्थित घरमा भेटिदैनन् । प्रहरीले निजगढ नगरपालिका–७ माझी टोलस्थित उनको आफन्तको घरबाट महेशलाई बिहान चार बजे पक्राउ गर्छ । प्रहरीले हाल तीनै जनालाई नियन्त्रणमा राखेको छ। मृतक सीताको शव शल्य परीक्षणका लागि पठाएको छ । बाराका प्रहरी प्रवक्ता पण्डितले शल्य परीक्षण रिपोर्टले मृत्युको कारण खुल्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.