बादलको आरोप : रास्वपा अति महत्वकांक्षी अराजक जमातको अस्थायी गठजोड

बादलको आरोप : रास्वपा अति महत्वकांक्षी अराजक जमातको अस्थायी गठजोड
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड मात्र भएको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै नेता बादलले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गरेका छन् । 

बैठकलाई सम्बोधन गर्दै आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको बताए । उनले भने, ‘प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी ग¥यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो ।’

रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापी नभएको समेत बताएका छन् । उनले भने, ‘यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.