भारतीय विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, आपसी सहमतिमा मिति तय गरिने


काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। केही साताअघि मौरिसस भ्रमणका क्रममा भएको साइडलाइनमा वार्तामा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उक्त कुरा पुष्टि गरेका हुन्। नेपालका परराष्ट्रमन्त्रीको तर्फबाट औपचारिक निम्तो आएको र आपसी सहमतिबाट भ्रमण मिति तय गरिने उनको भनाइ छ।

'नेपालका परराष्ट्रमन्त्रीको तर्फबाट नेपाल भ्रमणको निम्तो आएको छ। तर, नेपाल भ्रमणमा जाने मिति भने आपसी सहमतिमा तय गरिनेछ,' उनले भने।

उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको स्पष्ट पारे। उनले निर्वाचनका बेला पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ता गरेको र दुई देशबीचको सम्बन्ध पुरानो र पारिवारिक भएको बताएको बताएका थिए। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टा छुट्टै टेलिफोन संबाद गरेका थिए।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने तयारी गरेका थिए। तर, तयारी नपुगेको भन्दै उनको भ्रमण स्थगित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.