ट्याक्टर दुर्घटनामा बालकको मृत्यू
गोरखा : ट्याक्टर दुर्घटना हुँदा गोरखामा एक १३ बर्षीय बालकको ज्यान गएको छ । भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा ना ६ त ६०५९ नंबरको ट्याक्टर दुर्घटना हुँदा भीमसेनथापा–३ माथिल्लोगाउँका १३ बर्षका विक्रम बस्यालको मृत्यु भएको हो ।
गोरखाबजारबाट निर्माण सामग्री बोकेर आरुघाटतर्फ जाँदै गरेको सो ट्याक्टर मध्यराति १ः३० बजे बाटोबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा सिरानचोक–८ जौबारीका ट्याक्टर चालक राजन परियार र विक्रम बस्याल घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा राति ३ः३० बजे मृत्यु भएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !