सरकारबाट पटक-पटक संसद्को हुर्मत लिने काम भयो : एमाले

सरकारबाट पटक-पटक संसद्को हुर्मत लिने काम भयो : एमाले

काठमाडौं : नेकपा एमालेले सरकारबाट पटक-पटक संसद्को हुर्मत लिने काम भएको आरोप लगाएको छ। आज प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमको प्रस्तुतिको बेलामा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव गर्न समय दिएका थिए। तर, प्रधानमन्त्री बालेन शाहले नै उपस्थित हुनुपर्ने बताउँदै एमालेसहित विपक्षी दलले सरकारमाथि प्रश्न उठाएका हुन्।null

एमाले उपाध्यक्ष गुरू बरालले प्रधानमन्त्री के कारणले संसद्‌मा उपस्थित हुन नसकेको भन्ने जवाफ चाहिने जानकारी गराएका थिए। प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गर्दै उनले प्रतिपक्षले उठाएको विषयलाई सत्तापक्षले अनदेखा गरेको भन्दै आपत्ति प्रकट गरे।

एमालेका प्रमुख सचेतक ऐन महरले कार्यसूचीमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गर्ने उल्लेख भएकाले टेबुल गर्नकै लागि बैठकमा प्रधानमन्त्री आउनुपर्ने बताए।

उनले सदनलाई कुनै जानकारी नगराई अर्को मन्त्रीबाट टेबल गर्ने प्रयास संसद्को नियमावली, संविधानको बर्खिलापमा भएको बताए। महरले भने, ‘संसद्लाई सर्वोपरी देशको हितमा अगाडि बढाउनुपर्छ। प्रधानमन्त्रीले यहाँ आउन के ले रोकेको छ ? कहाँ हुनुहुन्छ ? सदनले थाहा पाउनुपर्‍यो ? आउन नसक्ने उचित कारण भए अरू मन्त्रीले जवाफ दिन सक्छन् होला नि।’ उनले बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म काम कारबाही अघि नबढाउन सभामुखलाई आग्रह गरे।  महरले प्रधानमन्त्री प्रश्नबाट भागिरहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.