संविधान संशोधन संशोधनका लागि मात्र हुनु हुँदैन : सुहाङ


काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले संविधान संशोधन संशोधनका लागि मात्र हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको प्रारम्भमै संविधान संशोधनको कुरा लेखिएको बताउँदै उनले संविधान संशोधन केवल संशोधनका लागि मात्र होइन नेपाली जनताले प्राप्त गरेको अधिकारको कसीमा राखेर अग्रगमनका लागि हुनुपर्ने बताए ।

यो संविधान अक्षरहरुको संग्रह नभएको बताउँदै सांसद सुहाङ रगत र पसिनाले लेखिएको साझा दस्तावेज हुनुपर्छ । उनले संविधान राष्ट्रिय एकता र साझा मनोभावलाई जोड्ने कडी हुनुपर्ने बताएका छन् । उनले भने, ‘गणितले संविधान संशोधन त गर्ला तर, साझा भावनाले मात्र सार्थक बन्छ ।’

उनले संविधान संशोधन अंक गणितले मात्र नभई राष्ट्रको साझा भावना र राष्ट्रको साझा ढुकढुकीको रङ्ग पनि भरिनु पर्ने बताउँदै यसो भए मात्र संविधान साझा र कालजयी हुन सक्ने बताएका छन् ।  सासद नेम्वाङ्गले समर्थन र विरोध पूर्वाग्रहबाट नभई तथ्य र प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.