विपक्षी दलको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमडौं : विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका हुन्।
विपक्षी दलका सांसदहरूले 'इफ र बट' नभनिकन प्रधानमन्त्रीबाट प्रश्नको जवाफ चाहेको बताएका छन्। निरन्तर अवरुद्ध भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !