ठमेलमै बन्छ अफिसियल राहदानी, बंगलादेशीले यसरी बनाउँदैछन् नेपाललाई ट्रान्जिट

ठमेलमै बन्छ अफिसियल राहदानी, बंगलादेशीले यसरी बनाउँदैछन् नेपाललाई ट्रान्जिट

काठमाडौं : दुई जना बंगलादेशका नागरिक अहिले अध्यागमन विभागको नियन्त्रणमा छन्। दुवै जनामाथि राहदानी दुरुपयोग गरेको अभियोगमा अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ।  

वैशाख १० गते पक्राउ परेका मोहम्मद बेलाल हुसेन बेलायतको नक्कली राहदानी प्रयोग गरेको अभियोगमा पक्राउ परेका हुन्। बेलायतको नक्कली राहदानीमा यात्रा गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरूले हुसेनलाई पक्राउ गरेका हुन्। 

उनीविरुद्ध जाली राहदानी कसुरमा अनुसन्धान भइरहेको छ। हुसेनले ढाकाबाट नेपाल आउने सोही बेलायतको नक्कली  राहदानी प्रयोग गरेका थिए। 

नेपालको भिसा लिन उनी शुल्कलगायत आवश्यक प्रक्रिया पूरा गरेर अध्यागमन अधिकारी समक्ष गए। त्यहाँ उनीमाथि सोधपुछ भयो। सोधपुछपछि डराएका हुसेनले आफूसँग बंगलादेशको समेत राहदानी भएको बताए। प्रश्न आउँछ, हुसेनसँग बेलायतको नक्कली राहदानी कहाँबाट आयो ? 

एजेन्टले बंगलादेशमा नै बेलायतको राहदानी दिएर नेपाल हुँदै मध्यपूर्वका कुनै मुलुक जान उनलाई सुझाएका थिए। केही दिन मध्यपूर्वमा बसेपछि उनी एजेन्टकै सुझावमा युरोपेली मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका थिए। 

बंगलादेशमा भएको राजनीतिक परिवर्तनपछि उनको व्यापार व्यवसाय फस्टाउन नसकेको र आफ्नो परिवार पाल्नसमेत धौ-धौ परेकाले उनले युरोपेली मुलुक जाने योजना बनाएका थिए। भारतीय एजेन्टमार्फत हुसेनले बंगलादेशको राहदानी खरिद गरेको तर उक्त राहदानी नक्कली भएको आफूलाई थाहा नभएको उनको भनाइ उद्धृत गर्दै स्रोतले बताएको छ। 

मेहेदी हसन नामका अर्का बंगलादेशी नागरिकले आफ्नो देशको साधारण राहदानीलाई किर्ते गरेर अफिसियल बनाउने प्रयास गरेका थिए। हसन वैशाख १५ गते पक्राउ परेका थिए। साधारण राहदानीमा नेपाल आएका उनले ठमेलबाट अफिसियल राहदानीमा परिवर्तन गरेका थिए।

अफिसियल राहदानी सरकारी निकायमा काम गर्ने अधिकारीहरूले प्रयोग गर्छन्। हसन सरकारी जागिरे होइनन्। अफिसियल राहदानीमा सहजै भिसा प्राप्त हुने एजेन्टको सुझावपछि हसनले आफ्नो राहदानी अफिसियलमा परिवर्तन गर्न राजी भएका थिए।

ठमेलमा बस्दै आएका बंगलादेशी नागरिकले हसनको साधारण राहदानीमा किर्ते गरी अफिसियल बनाइदिएका थिए। एजेन्टले नेपाल हुँदै टर्की जान हसनले सुझाएका थिए। ती एजेन्टले हसनलाई अफिसियल भिसामा टर्कीले सहजै भिसा दिनेसमेत भनेका थिए। बंगलादेशमा रहेका व्यक्तिले हसनलाई ठमेलमा रहेका बंगलादेशीसँग चिनजान गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.