प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन : मन्त्री तिमिल्सिना
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदहरुले उठाएका प्रश्नहरुका विषयमा आफ्नो मन्त्रालयका तर्फबाट सदनमा जवाफ दिंँदै उनले यस्तो बताएका हुन् । उनले प्रेस स्वतन्त्रसँगै जवाफदेही हुनुपर्ने बताएका छन् ।
उनले सरकार प्रेस स्वतन्तत्राप्रति प्रतिवद्ध रहेको बताउँदै प्रेस समेत जिम्मेवार भए सरकारले अधिकारका विषय संकुचित गर्न नसक्ने बताए । प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सांसदहरुले शून्य समयमा उठाएका प्रश्नहरुको उत्तर दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !
३