विपक्षीको नाराबाजीबीच संसदबाट निर्वाचनसम्बन्धी विधेयक स्वीकृत

विपक्षीको नाराबाजीबीच संसदबाट निर्वाचनसम्बन्धी विधेयक स्वीकृत
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुई वटा विधेयक स्वीकृत भएको छ । आजको प्रतिनिधिसभा वैठकमा विपक्षीको विरोधका वावजुद प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गरेका हुन् । विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन् । यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन् । तर विपक्षीले प्रधानमन्त्री आउनु पर्ने अडान राखेका थिए । 

बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ । वैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले विधेयकमा छलफलका लागि सांसदहरुलाई पाँच मिनेटको समय दिएका थिए । तर विपक्षी दलका सांसदहरुले यसलाई अस्वीकार गर्दै नाराबाजी गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.