इरान युद्धबाट ‘हात झिक्दै’ अमेरिका, ट्रम्पले खुलाए यस्ता कारण

इरान युद्धबाट ‘हात झिक्दै’ अमेरिका, ट्रम्पले खुलाए यस्ता कारण
फाइल फोटो
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरान युद्धबाट हात झिक्ने खुलासा गरेका छन् । उनले अमेरिका र इरानबीचको सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताएका छन् ।

उनले शनिबार उक्त सम्झौतामा होर्मुज जलडमरूमध्य (स्ट्रिट अफ होर्मुज) पुनः सञ्चालन गर्ने विषय पनि समावेश रहेको बताए, तर थप विवरण भने खुलाएनन् । यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले राज्य टेलिभिजनसँग कुरा गर्दै पछिल्लो एक सातामा अमेरिका र इरानका धारणा नजिकिँदै गएको बताएका थिए । तर उनले मुख्य विषयहरूमा अझै सहमति भइनसकेको भन्दै अमेरिकाले ‘विरोधाभाषपूर्ण अभिव्यक्ति’ दिइरहेको आरोप लगाए ।
 

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले साउदी अरेबबिया, युएई, कतारलगायतका देशका नेताहरूसँग ‘शान्तिसम्बन्धी समझदारीपत्र’ बारे निकै राम्रो वार्ता गरेको बताएका छन् । उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान र अन्य विभिन्न देशहरूबीच अन्तिम टुंगो लाग्न बाँकी रहे पनि सम्झौता धेरै हदसम्म तय भइसकेको छ ।’ ट्रम्पले शनिबार बेन्जामिन नेतन्याहुसँग पनि कुराकानी भएको र त्यो ‘धेरै राम्रो’ भएको बताएका छन्।

यद्यपि ट्रम्पले सम्झौताका थप विवरण सार्वजनिक गरेका छैनन्, तर उनले कुनै पनि सम्झौताले इरानलाई परमाणु हतियार प्राप्त गर्न पूर्ण रूपमा रोक्ने दाबी गरेका छन् । पछि शहबाज शरीफले ट्रम्पको शान्ति प्रयासको प्रशंसा गर्दै फोन वार्ता ‘उपयोगी र फलदायी’ भएको बताएका छन् । अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गरेका थिए, जसले मध्यपूर्वमा तनाव चर्काएको थियो ।

त्यसपछि इरानले इजरायल र अमेरिकासँग निकट रहेका खाडी राष्ट्रहरूलाई निशाना बनाउँदै प्रतिआक्रमण गरेको थियो । अप्रिलको सुरुवातमा युद्धविराम भएपछि वाशिङ्टन र तेहरानबीच दीर्घकालीन शान्ति सम्झौताबारे वार्ता जारी छ । इरानी प्रवक्ता बकाएईले शनिबार १४ बुँदे ‘समझदारीपत्र’ तयार पार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।  उनका अनुसार ३० देखि ६० दिनभित्र थप वार्ता गरेर अन्तिम सम्झौतामा पुग्ने लक्ष्य छ । अमेरिकाले १३ अप्रिलदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.