युरोपियन युनियनका २२ जना राजदूत तथा उपप्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

युरोपियन युनियनका २२ जना राजदूत तथा उपप्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
सुन्नुहोस्

काठमाडौं : नेपालस्थित युरोपियन युनियन (ईयु)का २२ जना राजदूत तथा उपप्रमुख दुईदिने उच्चस्तरीय भ्रमणका लागि काठमाडौं आएका छन्। नेपालका लागि ईयु राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो।

उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ईयुका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल-ईयु सम्बन्धलाई थप सुदृढ बनाउनु तथा नयाँ सरकारसँग सहकार्यका प्राथमिकता तय गर्नु हो।

प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूत सहभागी छन्।

इयुका अनुसार मंगलबार प्रधानमन्त्री शाहसँग प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गर्नेछ। त्यसअघि इयु प्रतिनिधिहरूले परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग छलफल गर्ने तालिका छ।

इयु प्रतिनिधिमण्डलले निजी क्षेत्र, नागरिक समाज र युवा नेतृत्वसँग पनि अन्तरक्रिया गर्ने जनाएको छ। राजदूत लोरेन्जोले नेपालप्रति ईयुको प्रतिबद्धता पुनः पुष्टि गर्न भ्रमण आयोजना गरिएको बताएकी छन्। उनका अनुसार व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा थप साझेदारी विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.