नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब

अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति आम्दानी १,५३५ अमेरिकी डलर पुग्ने अनुमान

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब
सुन्नुहोस्

काठमाडौं : सरकारले चालु आर्थिक बर्षमा मुलुकको समग्र आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२ /८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्व लगायत प्रतिकूल विश्व परिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताए ।

उनले प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान रहेको उल्लेख गरे । चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ प्रतिशत र ७६ प्रतिशत रहने अनुमान रहेको अर्थमन्त्री वाग्लले जानकारी दिए । उनले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व ३ दशमवल २ प्रतिशतले बढेको उल्लेख गरे । 

यस अवधिमा संघीय खर्च १० दशमलव ४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन नरहेको उनले जानकारी दिए । त्यसैगरी उनले यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी तीन अर्ब सार्वजनिक ऋण परिचालन गरेको र सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन  ८ अर्ब घाटामा रहेको तथ्याङ्क प्रस्तुत गरे । 

२०८२ फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब अर्थात् कुल ग्राहस्थ उत्पादनको ४३ दशमलव ६ प्रतिशत पुगेको उनले बताए । साथै यस अवधिमा व्यापार घाटा ११ दशमलव २ प्रतिशतले बढेर रु १० खर्ब ९८ अर्ब र विप्रेषण आप्रवाह ३७ दशमलव ७ प्रतिशतले बढेर रु १४ खर्ब ५० अर्ब पुगेको उनले जानकारी दिए ।  अर्थमन्त्री वाग्लेले शोधनान्तर स्थिति रु ६ खर्ब ५८ अर्ब र चालू खाता रु पाँच खर्ब ५३ अर्ब बचतमा रहेको, विदेशी विनिमय सञ्चिति रु ३४ खर्ब १४ अर्बसहित १८ दशमलव ५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी ऐतिहासिक उच्च बिन्दुमा पुगेको जानकारी दिए ।

वार्षिक बिन्दुगत आधारमा २०८२ फागुनसम्म बैङ्क तथा वित्तीय क्षेत्रको निक्षेप १५ दशमलव एक प्रतिशतले बढेको छ भने बैङ्किङ क्षेत्रमा रहेको पर्याप्त तरलताको बाबजुद निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर छ दशमलव सात प्रतिशत मात्र रहेको मन्त्री वाल्लेले बताए । बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक रहे पनि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिमजस्ता चुनौती विद्यमान नै रहेको उनको भनाइ छ । उनले आर्थिक, सामाजिक क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत एवं सुदृढ बनाउँदै लैजान सरकार अग्रसर रहेको भन्दै आर्थिक सर्वेक्षणले औँल्याएका विषयलाई सरकारले बजेट तथा कार्यक्रम र क्षेत्रगत नीतिमार्फत सम्बोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.