लेबनानको प्रमुख शहर नाबातियेहतर्फ पस्यो इजरायली सेना

लेबनानको प्रमुख शहर नाबातियेहतर्फ पस्यो इजरायली सेना
सुन्नुहोस्

इजरायल : इजरायली सेना सन् २००६ यता पहिलो पटक दक्षिणी लेबनानको लिटानी नदी पार गर्दै अगाडि बढेको छ । अहिले दक्षिणी लेबनानको प्रमुख शहर नाबातियेहलाई चारैतिरबाट घेर्ने तयारीमा रहेको जनाइएको छ । शनिबार लेबनानी सेनाका उच्च स्रोतहरूले टर्कीको सरकारी समाचार संस्था अनादोलु एजेन्सीलाई दिएको जानकारीअनुसार इजरायली फौजले लिटानी नदी पार गरेको छ ।

इजरायलले यस क्षेत्रलाई आफ्नो अनौपचारिक सुरक्षा बफर जोनको सीमारेखा मानेको छ । हाल इजरायली सेना नाबातियेह शहरको बाहिरी क्षेत्रमा पुगेको बताइएको छ । दक्षिणी लेबनानको अर्थतन्त्र र सांस्कृतिक गतिविधिका लागि महत्वपूर्ण मानिने यो शिया बहुल शहर इजरायली नियन्त्रणमा पुगेमा लेबनानविरुद्धको युद्ध र त्यसपछिको युद्धविराम प्रक्रियामा ठूलो मोड आउने विश्लेषण गरिएको छ ।

नाबातियेहलाई धेरै लेबनानीहरूले इजरायली आक्रमणविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा हेर्ने गर्छन् । यसको ऐतिहासिक भूमिका लामो समयदेखि इजरायल–लेबनान द्वन्द्वको अग्रपंक्तिमा रहेको छ ।  इजरायलले दक्षिणी लेबनानमा आफ्नो हवाई अभियान विस्तार गरिरहेको र नाबातियेहलाई घेराबन्दी गरेर सम्भावित स्थलगत आक्रमणको तयारी गरिरहेको बताएको छ । उनका अनुसार इजरायलले हिज्बुल्लाहका दोस्रो र तेस्रो रक्षा रेखा भत्काउँदै नाबातियेहलाई अलग पार्ने तथा पश्चिमी बेका उपत्यकालाई देशको दक्षिणी भागबाट काट्ने प्रयास गरिरहेको देखिन्छ ।

यसैबीच लेबनानी सेनाले जारी गरेको वक्तव्यमा नाबातियेह नजिकै इजरायली ड्रोनले एउटा सवारीसाधनलाई निशाना बनाउँदा दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ । शनिबार राति लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनए) ले दक्षिणी गाउँ जेबचितमा भएको इजरायली ड्रोन आक्रमणमा कम्तीमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको र अन्य चार जना घाइते भएको जनाएको छ । उक्त आक्रमणबाट लेबनानी राहत अस्पतालमा समेत क्षति पुगेको भए पनि अस्पतालका चिकित्सक, नर्स र एम्बुलेन्सकर्मी सुरक्षित रहेको बताइएको छ ।

त्यसैगरी इजरायली हवाई आक्रमण र तोप प्रहार दक्षिणी लेबनानको ठूलो भूभागमाथि नजर राख्ने ऐतिहासिक बोफोर्ट किल्ला आसपास पनि भएको जनाइएको छ । १२औं शताब्दीमा निर्माण भएको यो किल्ला सन् २००० सम्म १८ वर्ष इजरायली सेनाको नियन्त्रणमा थियो । प्रतिक्रियास्वरूप हिज्बुल्लाहले उत्तरी इजरायलको किर्यात शमोना शहरतर्फ रकेट प्रहार गरेको जनाएको छ । साथै दक्षिणी लेबनानको घान्दुरियेह क्षेत्रमा इजरायली सैनिकमाथि एम्बुस आक्रमण गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको दाबी गरेको छ ।

हिज्बुल्लाहले पछि जारी गरेका छुट्टाछुट्टै वक्तव्यमा याहमोर अल–शाकिफ ( नजिक इजरायली सैन्य सवारीसाधनलाई अबाबिल ड्रोनमार्फत ध्वस्त पारेको, उत्तरी इजरायलको यारा सैनिक ब्यारेकमाथि ड्रोन आक्रमण गरेको तथा नाकौरा र नहारिया क्षेत्रमा पनि विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

यता इजरायलले दक्षिणी लेबनानका कम्तीमा १० वटा गाउँका बासिन्दालाई तत्काल क्षेत्र खाली गर्न आदेश दिएको छ । इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अभिचाय अद्राईले त्यहाँ बसिरहे ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । जारी युद्धका कारण लेबनानको करिब २० प्रतिशत जनसंख्या अर्थात् झण्डै १२ लाख मानिस विस्थापित भइसकेका छन् । धेरै परिवार आफन्तको घर, अस्थायी शिविर वा आफ्नै सवारीसाधनमा बस्न बाध्य भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.