२० वर्षपछि भारतीय आँपलाई जापानले लगायो प्रतिबन्ध

२० वर्षपछि भारतीय आँपलाई जापानले लगायो प्रतिबन्ध
सुन्नुहोस्

काठमाडौं : जापानले यस वर्ष भारतीय आँपको आयातमा प्रतिबन्द लगाएको छ। जापानी अधिकारीहरूले आँप निर्यातअघि गरिने कीट नियन्त्रण प्रकिया कमजोरी भेटिएपछि यस्तो निर्णय लिइएको बताइएको छ।

जापानले भारतीय आँपमा लाग्ने किराका अण्डा वा लार्भा देशभित्र प्रवेश गरेर स्थानीय कृषिमा क्षति पुर्‍याउन जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। यसअघि सन् १९८०को दशकको सुरूमा जापानले भारतबाट आँप किन्न बन्द गरेको थियो। 

हरेक वर्ष आँपको मौसममा जापानले दिल्लीमा निरीक्षकहरू पठाउने गर्छ। यी अधिकारीहरूले भाप ताप उपचार विधिबाट आँपको निरीक्षण गर्छन्। यो आँपलाईप कीरा र तिनका अण्डाहरूबाट जोगाउन प्रयोग गरिने प्रक्रिया हो। फललाई केही समयका लागि तातो हावाको कोठामा राखिन्छ जसले गर्दा फल भित्र रहेका कीरा र लार्भाहरू मारिन्छन्।

यस वर्ष निरीक्षणका क्रममा आँपको प्रशोधन प्रक्रियामा कमीकमजोरी भेटिएको बताइएको छ। जापानको योकोहामा प्लान्ट प्रोटेक्सन एसोसिएसनले एक सूचना जारी गर्दै भारतीय आँप प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी गराएको हो। जापानी अधिकारीहर पूर्णरुपमा सन्तुष्ट नभएसम्म भारतबाट आँपको आयात रोकिने पनि संघले बताएको छ।

बीबीसीसँग कुरा गर्दै सेन्ट्रल इन्स्टिच्युट फर सबट्रोपिकल हर्टिकल्चरका पूर्वअनुसन्धान निर्देशक शैलेन्द्र राजनले यदि कुनै कन्साइनमेन्टमा तोकिएको सीमाभन्दा बढी अवशेष वा अन्य दोषहरू भेटिएमा त्यसलाई  रोक्नुपर्छ।

उनले भने,'यदि कुनै कन्साइनमेन्टमा तोकिएको सीमाभन्दा बढी अवशेष वा अन्य दोषहरू भेटिएमा त्यसलाई रोकिन्छ। प्रत्येक देशको आफ्नै नियमहरू हुन्छन्, तर जापानलाई सबैभन्दा कडा बजारहरू मध्ये एक मानिन्छ। त्यहाँका अधिकारीहरूले सानातिना दोषहरूलाई पनि बेवास्ता गर्दैनन्। फलफूलका झिंगाहरूबाट बच्न चाहन्थे त्यसैले त्यो आवश्यकतालाई ध्यानमा राखेर वाष्प ताप उपचार सुरु गरिएको थियो।'

के जापानमा भारतीय आँपमा प्रतिबन्ध लगाउँदा अन्य देशहरूमा हाम्रो आँपको खपत घट्नेछ? यसको जवाफमा,शैलेन्द्र राजन भन्छन् कि भारतले आफ्नो अधिकांश आँप खाडी देशहरूमा निर्यात गर्छ, जहाँ नियमहरू जापानको जस्तो कडा छैनन्। उनका अनुसार यो प्रतिबन्धले ठूलो प्रभाव पार्ने सम्भावना छैन।

उनी भन्छन् कि प्रत्येक देशको आ-आफ्नै नियम र गुणस्तर मापदण्ड हुन्छ,र निर्यात गर्ने देशहरूले त्यसै अनुसार आफूलाई तयार पार्नु पर्छ। भारतले पनि सोही अनुसार आफ्नो प्रणालीमा सुधार गरिरहेको छ। 

भारत आँपको सबैभन्दा ठूलो उत्पादक मानिन्छ। कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) को तथ्याङ्क अनुसार,भारतले विश्वको कुल आँप उत्पादनको लगभग ४० देखि ४५ प्रतिशत उत्पादन गर्छ। यहाँ लगभग १ हजार प्रकारका आँप पाइन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.