प्रधानमन्त्री बालेनले संसद‍्लाई सरप्राइज दिएपछि ...

प्रधानमन्त्री बालेनले संसद‍्लाई सरप्राइज दिएपछि ...

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएपछि कार्यसूचीअनुसार सभामुखले बैठकका कामकारबाही अघि बढाउँदै थिए। सोही क्रममा प्रधानमन्त्री बालेन शाहले हात उठाएर बोल्न खोजेपछि सभामुख डोलप्रसाद अर्यालले तत्काल बोल्न अनुमति दिएनन्।

पछि सभामुख अर्यालले प्रधानमन्त्रीले बोल्न इच्छा व्यक्त गरेको जनाउँदै उनलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिए। सभामुखले भने,'प्रधानमन्त्रीज्यूले हात उठाउनुभएकोले उहाँलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिएको छु।'

रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले माननीय सदस्यहरूले लामो समयदेखि प्रश्न सोध्न चाहेको उल्लेख गर्दै त्यसका लागि समय उपलब्ध गराउन आफू तयार रहेको बताए। उनले सांसदहरूका जिज्ञासा र प्रश्नहरूको जवाफ दिन चाहेको धारणा राखेका थिए।

प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले लामो समयदेखि संसद अवरोध गर्दै आएका थिए। तर, आइतबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने वा सांसदका प्रश्नको जवाफ दिने विषय समावेश थिएन। कार्यसूचीबिना नै प्रधानमन्त्री संसदमा उपस्थित भइ बोल्न खोजेपछि सदनमा केहीबेर उत्सुकता र चासो बढेको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.