अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल
काठमाडौं : संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आएकी छन्। काठमाडौंमा आयोजित ‘एसेन्ट समिट २०२६’मा मुख्य मन्तव्य प्रस्तुत गर्न उपविदेशमन्त्री नेपाल आएको अमेरिकी दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा उनले नेपाल सरकारका उच्च अधिकारी,अमेरिकन चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व–सहभागीसँग भेटघाट गर्ने कार्यसूची रहेको दूतावासले जनाएको छ ।
सोही अवसरमा उपविदेशमन्त्री रोजर्सले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रतासम्बन्धी विषयमा सम्बोधन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !