कक्रोज जनता पार्टी : दिल्ली पुगे अभिजित दीपके, जन्तर–मन्तरमा कस्तो छ माहोल ?

कक्रोज जनता पार्टी : दिल्ली पुगे अभिजित दीपके, जन्तर–मन्तरमा कस्तो छ माहोल ?
सुन्नुहोस्

भारत : कक्रोज जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके शनिबार बिहान अमेरिकाबाट दिल्ली पुगेका छन् । सीजेपीले जन्तर–मन्तरमा प्रदर्शन गर्ने योजना बनाएको छ । दीपकेले आफ्ना समर्थकहरूलाई आन्दोलनलाई प्रेम, शान्ति र लोकतान्त्रिक तरिकाले अघि बढाउन आग्रह गरेका छन्।

सीजेपीसँग सम्बन्धित एक्स ह्यान्डल ‘कक्रोज इज ब्याक’ ले लेखेको छ, ‘दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शनको अनुमति दिएको छ । अब हामी सीधै जन्तर–मन्तरमा भेला हुन सक्छौँ, पहिलेको योजनाअनुसार पार्लियामेन्ट स्ट्रिट प्रहरी कार्यालय जान आवश्यक छैन ।’ पोस्टमा थप भनिएको छ, ‘कक्रोजहरू आउँदैछन्, धर्मेन्द्र प्रधान जाँदैछन् ।’

दिल्ली पुगेपछि दीपकेले एक्समा लेखे, ‘म अवतरण गरिसकेको छु । चाँडै जन्तर–मन्तरमा तपाईंहरूलाई भेट्न उत्साहित छु । किताब र हाम्रो झण्डा ल्याउन नभुल्नुहोस् ।’ उनले थप लेखे, ‘प्रहरीकर्मीहरूलाई फूल दिनुहोस्, यो करुणा र कृतज्ञताको प्रतीक हुनेछ । हामीले यो आन्दोलन प्रेम र शान्तिका साथ अघि बढाउनु पर्छ ।’

जन्तर–मन्तरमा कस्तो छ अवस्था ?
सोनाम वाङचुकले यसअघि एयरपोर्टमै अभिजित दीपके पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका थिए । तर सीजेपीले सार्वजनिक गरेको तस्बिरमा दीपके एयरपोर्टबाट निस्किएर गाडीमा यात्रा गरिरहेको देखिन्छ । तस्बिरमा उनको हातमा बीआर अम्बेडकरको जीवनी समेत देखिएको छ । यसबीच जन्तर–मन्तर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यद्यपि त्यहाँ युवाहरूको उपस्थिति बढ्दो देखिएको छ । ठूलो संख्यामा सञ्चारकर्मी र पत्रकारहरू पनि त्यहाँ उपस्थित छन् ।

सामाजिक सञ्जालबाट सडकसम्म
व्यंग्यात्मक सामाजिक सञ्जाल अभियानका रूपमा सुरु भएको ‘कक्रोज जनता पार्टी’ अब भर्चुअल संसारबाट वास्तविक सडक आन्दोलनतर्फ अघि बढिरहेको देखिन्छ । यसअघि ‘कक्रोज इज ब्याक’ ले लेखेको थियो, ‘६ जुन बिहान ९ बजे भेटौँला, साथी कक्रोजहरू । हामी धर्मेन्द्र प्रधानको राजीनामा लिएरै छाड्नेछौँ । अब यो सानो मजाकलाई आन्दोलनमा बदल्ने समय आएको छ ।’

राजनीतिक विश्लेषकहरूका अनुसार शनिबार दिल्लीमा जम्मा हुने मानिसहरूको संख्याले आन्दोलनको प्रभाव निर्धारण गर्नेछ । तर उनीहरूको भनाइमा सीजेपीलाई पूर्ण रूपमा बेवास्ता गर्न सकिने अवस्था छैन ।
‘झण्डा, किताब र फूल लिएर आउनुहोस्’
सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष रांकाले सार्वजनिक गरेको भिडियोमा आन्दोलनको कार्यक्रमबारे जानकारी दिइएको थियो । सौरव दासले समर्थकहरूलाई शान्ति कायम राख्न र लोकतान्त्रिक ढङ्गले विरोध प्रदर्शन गर्न आग्रह गरे । आशुतोष रांकाले सहभागीहरूलाई झण्डा, किताब र फूल लिएर आउन तथा परिवारका सदस्यहरूलाई पनि साथ ल्याउन अपिल गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउन र लोकतन्त्रप्रतिको जनविश्वास कायम राख्न आग्रह गरेका छन् । साथै, सौरव दासले प्रदर्शनमा सबै राजनीतिक दलका व्यक्तिहरूलाई स्वागत रहने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.