चिनियाँ राष्ट्रपति ७ वर्षपछि पुगे उत्तर कोरिया, यी हुन् छलफल हुनसक्ने विषय

चिनियाँ राष्ट्रपति ७ वर्षपछि पुगे उत्तर कोरिया, यी हुन् छलफल हुनसक्ने विषय

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ ७ वर्षपछि उत्तर कोरिया पुगेका छन्। राष्ट्रपति सी स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे प्योङयाङ पुगेका हुन्। 
 
सीको सन् २०१९ पछिको पहिलो भ्रमण हो। साथै, चीन र उत्तर कोरियाका शीर्ष नेताहरू बीचको प्रत्यक्ष भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो। सीको भ्रमण १ रात २ दिनको रहनेछ।

चीनको सिन्ह्वा समाचार संस्थाले सार्वजनिक गरेको भिडियोमा सी सवार एयर चाइनाको विशेष विमान प्योङयाङको सुनान विमानस्थलमा रातो कार्पेट बिछ्याइएको स्थानमा अवतरण गरेको देखाइएको छ।

विमानस्थलमा उत्तर कोरिया र चीनका राष्ट्रिय झण्डाहरू राखिएका थिए। साथै, सीको स्वागतमा विभिन्न सन्देशहरू कोरियन र चिनियाँ भाषामा प्रदर्शन गरिएका थिए।

 

उत्तर कोरियाली नेता किम जोङ उनले सीलाई विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलमा सी र किमले हातले मिलाए।  

वार्तामा दुई देशबीचको सम्बन्ध, आर्थिक सहयोग तथा कोरियाली प्रायद्वीपको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि शी जिनपिङ आफ्नी पत्नी पङ लीयुआन तथा चीनका उच्च सरकारी अधिकारीहरूसँग बेइजिङबाट प्रस्थान गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.