करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नु भएको छ : ज्ञानेन्द्र शाही

करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नु भएको छ : ज्ञानेन्द्र शाही
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करको दर हेरफेरको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको रहरका लागि नभएको बताएका छन् । सांसद शाहीले सरकार र अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भन्ने मान्यतामा आफूहरु नरहेको समेत बताएका छन् ।

आफूसँग महालेखा परीक्षकको रिपोर्ट रहेको र पेज नम्बर नै भन्नु परे पनि भनिदिने बताउँदै सांसद शाहीले महालेखा परीक्षकको रिपोर्टको १५२ नम्बर पेजमा इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानविन गर भनेको बताए ।

देशैभर गरेर तीन अर्ब ७७ करोड ४४ लाख १९ हजार छुट महसुल र करका सम्बन्धमा छानविन गरी असुल उपर गर्नुपर्छ भनेको जानकारी गराए । उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको देखिने बताए । उनले गाडी २१ गते आएको तर भन्सार पास भने १४ गते नै भएको स्पष्ट देखिएको बताएका छन् । उनले भने, ‘करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ?’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.