प्रधानमन्त्रीले लोकतन्त्र, जनमत र संसदको हुर्मत लिने काम गर्नु भएको छ : ऐन महर
काठमाडौं : नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र, जमत र संसदको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद महरले जनताले यो सदन र आफूलाई दुई वटा गम्भिर प्रश्नहरु सोधिरहेको बताएका छन् । उनले पहिलो अहिलेसम्म विश्वका सार्वभौम राष्ट्रका कुनै प्रधानमन्त्रीले नभएका कुरा हाम्रो प्रधानमन्त्रीले भन्दा तपाईहरु के हेरेर बसेको ? भनेर आफूहरुलाई जनताले प्रश्न सोधिरहेको बताए ।
अर्को प्रधानमन्त्रीले राष्ट्रका विरुद्ध अभिव्यक्ति दिइरहँदा ताली पिट्ने सांसदहरु चाँहि को हुन् ? ती त्यहि सदनका सदस्य हुन् कि को हुन् ? भनेर सोधिरहेको बताए । जनताको यस्ता प्रश्नले आफूहरुलाई गम्भिर र लज्जित बनाएको बताए । हाी नयाँ हौं, केहि गर्न आएका छौं भन्दा आफूहरुलाई पनि विश्वास लागेको बताउँदै सांसद महरले पछिल्लो समय प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति र गतिविधिहरुले विश्वास गर्न सक्ने ठाउँ नबनिरहेको बताए।
प्रतिक्रिया दिनुहोस !