एभरेष्ट बैंकद्वारा नेपाल - भारत क्रस बोर्डर रियल-टाइम (पीटुपी) रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल - भारत क्रस बोर्डर रियल-टाइम (पीटुपी) रेमिट्यान्स सेवाको थालनी
सुन्नुहोस्

काठमाडौं : हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटुपी) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24“ मार्फत नेपाल र भारतबीच ‘रियल-टाइम क्रस बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा' लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन्।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्। जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन्।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन्। नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.