हरेक घरको खुसी, घर-घरमा एलजी अभियानअन्तर्गत नेपालमा एलजीले ल्यायो नयाँ घरेलु उपकरण शृङ्खला
काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखेर विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।
‘हरेक घरको खुसी, घर-घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एलजी एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्य सम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकै साथ समेटेको छ।
नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ। नयाँ शृङ्खलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।
यस अवसरमा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम अप्लायन्स सोलुसन-प्रोडक्ट डाइरेक्टर चाहो हानले नेपाली उपभोक्ताहरूबाट प्राप्त व्यापक निष्कर्षका आधारमा एसेन्सियल सिरिज विकास गरिएको जानकारी दिँदै यसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने बताए। उनका अनुसार आधुनिक डिजाइन र भरपर्दो कार्य सम्पादनको संयोजन रहेको यो शृङ्खलाले नेपाली परिवारहरूको दैनिक जीवनलाई थप सहज, सुविधाजनक र समृद्ध बनाउने छ।
नेपाली परिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू
कम्पनीले एलजी एसेन्सियल सिरिज डबल-डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ। फ्रोस्ट-फ्री टेक्नोलोजीसहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ।
एलजी एसेन्सियल सिरिज फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन पनि कम्पनीले लन्च गरेको छ। नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा हट मोटर, बीएमसी (बग्ली मोड्युलिङ कम्पाउन्ड) कभर तथा आईपीएक्स४ प्रमाणित वाटर-रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन्। साथै लो-प्रेसर फिल टेक्नोलोजी ले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ।
एलजी एसेन्सियल सिरिज रुम एयर कन्डिसनर
ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कूलिङ तथा हिटिङ सुविधा प्रदान गर्दछ। परम्परागत नन-इनभर्टर एयर कन्डिसनरको तुलनामा कम बिजुली खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्छ।
कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुनेछ। प्रारम्भिक मोडेलहरूको मूल्य ४९ हजार ६९० बाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टी-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत उपलब्ध हुने छन्।
सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। एलजी इलेक्ट्रोनिक्स इन्कसँगको चार दशकभन्दा लामो सहकार्यमार्फत कम्पनीले एलजीलाई नेपालको अग्रणी तथा विश्वासिलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
एलजी इलेक्ट्रोनिक्स इंक घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो। नवीन प्रविधि, ऊर्जा दक्ष उत्पादन तथा ग्राहक केन्द्रित डिजाइनका लागि परिचित एलजीले विश्वभरका उपभोक्ताहरूलाई दैनिक जीवनलाई सहज र समृद्ध बनाउने समाधानहरू उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !