सभामुखको भूमिकाप्रति कांग्रेसको प्रश्न : रास्वपासँगको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन क्या हो ?

सभामुखको भूमिकाप्रति कांग्रेसको प्रश्न : रास्वपासँगको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन क्या हो ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद चन्द्र मोहन यादवले संसदमा सभामुखको भूमिका पक्षपातपूर्ण रहेको दाबी गरेका हुन्।

उनले यसअघि सभामुख आबद्ध रहेको पार्टी रास्वपासँगको सम्बन्धको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? भन्दै प्रश्न गरे। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले निरन्तर विरोध गर्दा पनि सभामुखले कुनै चासो नदिएको उनको भनाइ छ। प्रधा

उनले जनताको आशा र विश्वासलाई कमजोर बनाउने काम सदनमा भएको उल्लेख गरे। सभामुखले सम्पूर्ण सांसदहरुको अभिभावक बनेर सदनको सम्मान बढाउन सक्नुपर्ने उनले बताए। 

संसदको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुख अर्यालको भुमिका संकुचित देखिएको उनको भनाई छ। ‘ मलाई स्वयम् सभामुख महोदयसँग एउटा प्रश्न छ : सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो। के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्योसँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ? यहाँले अभिभावक बनेर सदनको सम्मान बनाउने हो।’ उनले भने।

सांसद यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरेका थिए। त्यसपछि सभामुख अर्यालले सांसद यादवले राखेको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नियमावलीको ख्याल गर्न निर्देशन दिए।

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग राख्दै कांग्रेस लगायत विपक्षी दलले निरन्तर सदनमा विरोध गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.