पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड

पोखरा: पोखरा महानगरपालिकाले आर्थिक २०८३/०८४ को बजेट सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाले ७ अर्ब १५ करोड २५ लाख रुपैयाँबराबरको बजेट ल्याएको हो। 

महानगरपालिकाको १९औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षको कार्यक्रम खर्चको योजनासहित बजेट प्रस्तुत गरिन्। महानगरपालिकाले विकास निर्माण (पुँजीगत) भन्दा प्रशासनिक र सेवा प्रवाह (चालु) तर्फ बढी रकम विनियोजन गरेको छ। कुल बजेटको ५५.१ प्रतिशत रकम चालु खर्चका लागि छुट्ट्याएको छ। 

यसै गरी पुँजीगत खर्चतर्फ ४४.९ प्रतिशत विनियोजन गरेको छ। महानगरपालिकाले बजेटको स्रोत जुटाउन संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत प्राप्न हुने आशा गरेको छ। 

यसमा सबैभन्दा ठूलो हिस्सा ससर्त अनुदानको २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ रहेको छ। समानीकरण अनुदानतर्फ ४९ करोड ३७ लाख, विशेष अनुदानतर्फ ५ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड ८२ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त हुने अनुमान गरेको छ। गण्डकी प्रदेश सरकारबाट महानगरपालिकाले ९ करोड १५ लाख ३६ हजार रुपैयाँ पाउने प्रक्षेपण गरेको छ। जसमा समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार, समपूरक ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ रहेको छ। 

आन्तरिक आय र राजस्व बाँडफाँटतर्फ महानगरपालिकाले ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाइने जनाएको छ। बाँकी रकममध्ये संघीय राजस्व बाँडफाँटबाट ३४ करोड ७३ हजार, प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने विश्वास गरिएको छ। 

पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङले प्रदेश र महानगरको आन्तरिक स्रोतलाई नै मुख्य आधार मानेर आगामी वर्षको प्राथमिकता र उद्देश्यहरू गरिएको बताइन्। महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित कुल ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म ३ अर्ब ३४ करोड ६ लाख ४३ हजार रुपैयाँ अर्थात् ४० प्रतिशतमात्र खर्च हुन सकेको छ। 

चालु खर्चतर्फ विनियोजित ३ अर्ब ५१ करोड ३२ लाख ८९ हजारमध्ये २ अर्ब १६ करोड ९७ लाख ९५ हजार रुपैयाँ अर्थात् ६१.७ प्रतिशत खर्च भएको खर्च विवरणमा छ। पुँजीगत तर्फ विनियोजित ४ अर्ब ८३ करोड ७९ लाख ११ हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म जम्मा १ अर्ब ७७ करोड ८ लाख ४७ हजार रुपैयाँ अर्थात् २४.२ प्रतिशतमात्र खर्च भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.