अक्सिजन सिलिण्डर पड्किँदा घाइते थापाको मृत्यु
काठमाडौं : अक्सिजन ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । अग्नी नियन्त्रक यन्त्र र एक सानो अक्सिजन ग्यास पड्किँदा गम्भीर घाइते भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।
ग्यास पड्किँदा घाइते भएका पैदलयात्री थापालाई उपचारका लागि मेडिकल कलेज अत्तरखेल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । मृतक थापाको शव नेपाल मेडिकल कलेज अत्तरखेलमा रहेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ घर भएका ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा.प्र. ०६–००१ झ ००१७ नम्बरका पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा नवज्योती अक्सिजन ग्यास पनौतीबाट लोड गरी सिन्धुपाल्चोक लाने क्रममा विष्फोट हुँदा थापा घाइते भएका थिए । वौद्ध प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अगाडि बढाइ सकिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !