याङ्गो राइड र बजाज अटोबीच साझेदारी

याङ्गो राइड र बजाज अटोबीच साझेदारी
सुन्नुहोस्

काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।

यस साझेदारी अन्तर्गत, योग्य याङ्गो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म ०% ब्याज (मार्कअप), ४०% डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधा सहित खरिद गर्न सक्नेछन्। यसले चालकहरूलाई आफ्नै मोटरसाइकलमा लगानी गर्न र आम्दानी बढाउने अवसर प्रदान गर्नेछ।

यस साझेदारीको अवसरमा याङ्गोले “इनभाइट रश“ अभियान पनि सञ्चालन गरेको छ, जसअन्तर्गत चालक साझेदारहरूले नयाँ बजाज मोटरसाइकल जित्ने मौका पाउनेछन्। अभियानको अन्त्यमा उत्कृष्ट चार (४) जना याङ्गो चालक साझेदारलाई बजाज मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गरिनेछ।

यो अभियान जुलाई ३१, २०२६ सम्म सञ्चालन हुनेछ । अभियानमा सहभागी हुन हालका चालक साझेदारहरूले आफ्नो युनिक रेफरल कोड प्रयोग गरी नयाँ चालकहरूलाई याङ्गोमा आबद्ध गराउनुपर्नेछ। रेफर गरिएको चालकले सफलतापूर्वक दर्ता गरी प्लेटफर्ममा आबद्ध भएको १५ दिनभित्र १३० वटा राइड पूरा गरेपछि मात्र उक्त रेफरल मान्य हुनेछ।

यस सहकार्यले चालक साझेदारहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र सवारी साधन खरिदलाई सहज बनाउने याङ्गोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। यसबाट चालकहरूले आफ्नो व्यवसाय विस्तार गर्न सक्नेछन् भने नेपालमा बढ्दो राइड–हेलिङ सेवाको माग पूरा गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

याङ्गो राइड नेपालका कन्ट्री प्रमुख सन्तोष पाण्डेले भने, “हाम्रा चालक साझेदारहरू नै याङ्गोको सफलताको आधार हुन्। उहाँहरूका लागि थप अवसर र सुविधा सिर्जना गर्न हामी निरन्तर प्रयासरत छौं। बजाजसँगको यो साझेदारीले मोटरसाइकल खरिदलाई अझ सहज बनाउनेछ भने ’इनभाइट रश’ अभियानमार्फत प्लेटफर्मको विस्तारमा योगदान गर्ने चालक साझेदारहरूलाई आकर्षक पुरस्कार पनि प्रदान गरिनेछ।“

बजाज नेपालसँगको यो साझेदारी र “इनभाइट रश“ अभियान याङ्गोले नेपालमा आफ्नो चालक साझेदारलाई थप सशक्त बनाउने, आर्थिक पहुँच बढाउने र आकर्षक प्रोत्साहनमार्फत प्लेटफर्मको विकास गर्ने मदत गर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.