लघुबित्त पीडितले थाले माइतीघरमा सामुहिक अनसन


काठमाडौं : वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले काठमाडौंमा सामुहिक अनसन सुरु गरेका छन् । 
देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूले लघुवित्त तथा बित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका हुन् ।

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौं परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नु परेको रौतहटबाट आएकी शिलम यादवले बताइन् । पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौंमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.