मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितको प्रदर्शन
काठमाडौं : मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ठूला बचतकर्तालाई सहकारीसँग मिल्नका लागि बिभिन्न निकायबाट दवाव आएको र यसका कारण आफूहरु थप पीडामा परेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने उनीहरुको माग छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले छिटो भन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन् ।
साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनु पर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनु पर्ने उनीहरुले माग गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिए जस्तो गरे पनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए । उनले समस्याग्रस्त घोषणा नगरिएका केहि सहकारीले पनि बचतकर्ताको अबौं रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !