०७४ मसिरसम्म तीनतहकै निर्वाचनः प्रधानमन्त्री

०७४ मसिरसम्म तीनतहकै निर्वाचनः प्रधानमन्त्री


काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ मसिरसम्ममा तीनवटै तहका निर्वाचन गरिसक्ने बताएका छन् ।

लोकसेवा आयोगको ६६ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी मंसिरभित्रमा स्थानीय, जेठभित्रमा प्रान्तीय र ०७४ सालको मसिरभित्र संसदीय निर्वाचन गनरिसक्ने बताएका हुन् ।

‘संविधानले आगामी ०७४ साल मंसिरसम्मा सबै तहका निर्वाचन गरिसक्नु भनेको छ,’ प्रधानमन्त्री ओलीले भने, अब त्यही अनुसार काम अघि बढ्छ ।’ प्रधानमन्त्री ओलीले आवश्यक तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

देशलाई समय र परिस्थिती अनुसार अघि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । समय अनुसार अघि बढ्न नसकेमा सरकार मात्र नभइ सबै असफल हुने प्रधानमन्त्रीको धारणा छ ।

 

संविधान जारी भइसकेपछि देशमा राजनीति अस्थिरताको युग समाप्त भएको भन्दै प्रधानमन्त्री ओलीले अब देशलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘संविधान जारी भएसँगै नेपालको संक्रमणकाल करिब सकिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘बचेखुचेको संक्रमणकाल पनि अब हुने निर्वाचनहरुसँगै सुखदरुपमा समापन हुनेछ ।’

लोकसेवा आयोगको कामलाई जनताले पूर्णरुपमा विश्वास गरेको प्रधानमन्त्री ओलीले बताए । ‘निष्पक्ष संस्थाको रुपमा आयोग स्थापित छ’, प्रधानमन्त्री ओलीले भने, ‘लोकसेवामा फेल भएको कोही पनि परीक्षार्थीले पक्षपात भएर फेल भएको भन्दैन । मेरो तयारी नपुगेर फेल भएँ भन्ने सम्झन्छ । आयोगको यो विश्वशनीयतालाई अझ बढाउन म आग्रह गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.