जीपलाई साइड दिँदा बस दुर्घटना, १९ घाइते

जीपलाई साइड दिँदा बस दुर्घटना, १९ घाइते

दाङ: दाङको तुलसीपुर-६ रजौरामा बिहीबार बिहान भएको बस दुर्घटनामा परी १९ जना यात्रु घाइते भएका छन्।

बिहान दमारगाउँ हुँदै शीतलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ४९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको एउटा जिपलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्य बिरामीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइतेमध्ये तीन जनालाई नेपालगन्ज रिफर गरिएको छ भने अन्य बिरामीको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ। रासस

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.