यी हुन् नेपाली चलचित्रका प्रतिस्पर्धी हिरो

यी हुन् नेपाली चलचित्रका प्रतिस्पर्धी हिरो

२००७ सालमा प्रवासमा पहिलो नेपाली चलचित्र सत्य हरिशचन्द्र बन्यो। नेपालमा निर्माण भएको पहिलो चलचित्रको श्रेय आमाले लियो।
 
२०२२ सालमा प्रदर्शन भएको चलचित्र आमापछि मात्रै नेपाली चलचित्रमा नायकनायिका भनेर पात्र चयन हुन थालेको हो। आमापछि धेरै चलचित्र बने तर व्यावसायिक रूपमा कुनै पनि कलाकार स्थापित हुन सकेनन्।
 
बदलिँदो समय र प्रविधिसँगै निजी क्षेत्रबाट चलचित्र बन्न थालेपछि यस क्षेत्रले उचाइ लिन थाल्यो। त्यो उचाइसँगै झुल्किएका केही नायकले नेपाली चलचित्रमा लोभलाग्दो छाप छाड्न सफल भए।
 
नेपाली चलचित्रमा प्रथक नायक मानिएका शिवशंकर मानन्धर चलचित्र आमापछि अरूमा देखिएनन्। शिवशंकरपछि मनको बाँध, कुमारीजस्ता चलचित्रबाट सल्यान केसी, सिन्दूरबाट विश्व वस्नेत, माइतीघरबाट सीपी लोहनीलगायत केही नायक चर्चामा रहे।
 
जब शिव श्रेष्ठ र भुवन केसी नायकका रूपमा उदाए, त्यसपछि नेपाली चलचित्रले नयाँ मोड लियो। कतिपय नायकबीच आआफ्नो समयमा कडा प्रतिस्पर्धा पनि भयो। चर्चामा रहेका केही प्रतिस्पर्धी हिरोका बारेमा यहाँ चर्चा गरिएको छ
 
 शिव श्रेष्ठ र भुवन केसी

नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक रूपमा सफलता हासिल गरेका पहिलो छिमलका हिरो मान्न सकिन्छ, भुवन र शिवलाई। उनीहरूको आगमनअघि नेपाली चलचित्रमा नायकका रूपमा धेरैजनाको नाम आए पनि व्यावसायिक हुन सकेनन्।
 
२०३७ सालमा बनेको चलचित्र जीवनरेखाबाट उदाएका शिव आफ्नो समयमा सर्वाधिक रुचाइएका नायक हुन्। करिअरको प्रारम्भतिरै जीवनरेखा, बदलिँदो आकाशजस्ता चलचित्रमा अभिनय गरेका शिवलाई चलचित्र जुनीबाट डेब्यु गरेका भुवन केसीले टक्टर दिन थाले।
 
नेपाली चलचित्रमा प्रतिस्पर्धी हिरोको कुरा गर्दा शिव र भुवन अग्रपंक्तिमा आउँछन्। नेपाली चलचित्रमा दर्जनौं सुपरहिट चलचित्र दिएका उनीहरूको प्रतिस्पर्धा लामो समयसम्म चल्यो। कतिसम्म भने पछिल्लो पुस्ताका धेरै हिरोसँग पनि उनीहरूले प्रतिस्पर्धा गरे।

धीरेन शाक्य र राजेश हमाल
चलचित्र 'युगदेखि युगसम्म'बाट नेपाली रजतपट प्रवेश गरेका राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा जुन उचाइ पाएका छन्, सायदै यसअघि अरू कसैले पाए। त्यत्तिको सफलता र प्रतिष्ठा पाउनसक्ने पात्र अहिलेसम्म खासै देखिएका छैनन्।
 
महानायकका रूपमा परिचित हमाल चर्चा र सफलताको शिखरमा रहेका बेला धीरेन शाक्यलाई उनको प्रतिस्पर्धी मानिन्थ्यो। चलचित्र कर्जाबाट चर्चाको शिखर चुमेका धीरेन चलचित्र प्रेमबाट यस क्षेत्रमा प्रवेश गरेका हुन्।
 
उस्तै जीउडाल अनि ह्यान्डसम राजेश र धीरेनको प्रतिस्पर्धा चलेका बेला त्यो क्रेजलाई क्यास गर्न चलचित्र सिमाना, भीष्मप्रतिज्ञाजस्ता चलचित्रमा निर्माता निर्देशकले उनीहरूलाई एकसाथ अभिनय गराए। ती चलचित्र सफल पनि रहे। समयको क्रमसँगै राजेशले धीरेनलाई छाड्दै गए।
 
श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेती
रूपरंग र जीउडालमात्रै होइन, नृत्य कलाबाट पनि दर्शकको प्रिय हुन सकिन्छ भन्ने उदाहरण बनेका थिए श्रीकृष्ण श्रेष्ठ। चलचित्र भुमरी नाताबाट रजतपटमा डेब्यु गरेका उनी नेपाली चलचित्रमा डान्सिङ हिरोका रूपमा चिनिन्थे। उनको यही कला र निपूणताले लामो समय दर्शकमाझ छाए।
 
अर्का नायक रमेश उप्रेतीको आगमन हुनुअगाडि श्रीकृष्णलाई टक्टर दिने सायदै थिए। रमेशले पनि डान्सिङ हिरोको छवि बनाएपछि चलचित्रमा उनीहरू एकअर्काका विकल्प हुन थाले। त्यसपछि उनीहरूबीच पनि प्रतिस्पर्धा चल्यो।
 
श्रीकृष्णको क्रेज मरणोपरान्त कायम रह्यो भने रमेश अमेरिका पलायन भएपछि दर्शकले उनलाई पनि बिर्से। पछिल्लो समय रमेश नेपाली चलचित्रमा फर्केका छन्। उनी अभिनीत चलचित्र ब्रासलेट अहिले प्रदर्शनको तयारीमा छ।
 

निखिल उप्रेती र विराज भट्ट
चलचित्र पिँजडा छायांकनका क्रममा नौ तला माथिबाट हामफालेर चलचित्र प्रदर्शन हुनुअगावै चर्चाको पात्र बनेका निखिल उप्रेती नेपाली चलचित्रका सफल नायक हुन्।
 
एक्सन हिरोका रूपमा चिनिएका उनले एकपछि अर्को गर्दै धेरै सफल चलचित्र पनि दिए। एक्सनमा उनका प्रतिपस्र्धी थिएनन् तर खेलाडी पृष्ठभूमिका विराज भट्टको उदयले उनलाई चुनौती दियो।
 
कतिसम्म भने केही वर्ष त विराज निर्विकल्प नम्बर वान एक्सन हिरोका रूपमा छाए। यी दुई हिरोको प्रतिस्पर्धा पनि निकै रोचक छ। दुवैजना सफलताको शिखरमा रहेका बेला लगभग एकैसाथ पलायन भए।
 
केही वर्षको वि श्रामपछि निखिल आफ्नै निर्देशनमा चलचित्र भैरव लिएर आए भने विराज रोज राणा निर्देशित बलरामबाट कमब्याक गर्दैछन। फेरि पनि यी दुईबीच प्रतिस्पर्धा हुने प्रस्ट छ।
 
आर्यन सिग्देल र जीवन लुइँटेल
पर्दामा सर्वाधिक रुचाइएका लभर ब्वाइमा नायक आर्यन सिग्देलको पनि नाम आउँछ। सायद भुवन केसीपछि उनी नै हुन्, जसलाई पर्दामा प्रेमीका रूपमा दर्शकले रुचाए।
 
मेरो एउटा साथी छ, किस्मत, कसले चोर्‍यो मेरो मन आदि चलचित्रपछि उनको यो छवि स्थापित भएको हो। पर्दामा लभर ब्वाइका रूपमा स्थापित नभए पनि आर्यनलाई टक्कर दिने सामर्थ्यका साथ उदाए जीवन लुइँटेल।
 
पहिलो मिस्टर नेपालको उपाधि चुमेका जीवनको क्रेजले आर्यनलाई टक्कर दिनु स्वाभाविकै थियो। कान्छो पुस्ताका नायक अनमोल केसी, संयम पुरी, सुशील श्रेष्ठ, सलोन बस्नेत, पल शाह, आर्यन अधिकारी आदिको आगमन हुनुभन्दा अगाडि उनीहरू जति चर्चित रहे, त्यत्तिकै प्रतिस्पर्धा पनि भयो।
 
अहिले पर्दामा आर्यन र जीवनबीच प्रतिस्पर्धा त छँदैछ, उनीहरूले कान्छो पुस्ताका नायकको क्रेजलाई पनि थेग्नुपर्ने अवस्था सिर्जना भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.