'गुलाफको फूल लिएर भेट्न जान्थे'

'गुलाफको फूल लिएर भेट्न जान्थे'

आर्जन पाण्डे, गायक

पहिलो प्रेम?
कक्षा ५ मा पढ्दा भएको थियो। सानो ममीको छिमेकमा एउटी राम्री केटी थिइन्। उनलाई हेर्ने विभिन्न बहाना बनाएर त्यहाँ गइरहन्थेँ।

कस्तो महसुस हुन्थ्यो?
एकदम साँचो प्रेम भएजस्तो महसुस हुन्थ्यो। पहिलोपटक प्रेम भएकाले होला; अलि कौतूहल, उमंग, उत्साहको मि श्रण हुने रहेछ।

प्रेम कहिले व्यक्त भयो ?
म लजालु स्वभावको थिएँ। त्यस बेला अहिलेजस्तो मोबाइल फोन हुँदैनथ्यो। मलाई उनको नाम पनि थाहा थिएन, कुरा गर्ने कुनै माध्यम भेटिनँ। होस्टेलमा बस्ने भएकाले उनी घरमा पनि खासै आउँदिन थिइन्। त्यसैले प्रेम व्यक्त गर्ने मौकै पाइनँ।

नाम थाहा भयो कि भएन ?
उनको नाम पत्ता लगाउन धेरै प्रयास गरेँ तर त्यति बेला थाहा पाउन सकिनँ। कक्षा १२ सकेपछि बल्लबल्ल फेसबुमा भेटेँ। त्यसमा पनि उनले वास्तविक नाम राखेकी रहिनछिन्। पछि उनलाई नै सोधेर थाहा पाएँ।

 

अहिले सम्बन्ध कस्तो छ ?
हामी राम्रो साथीका रूपमा रहेका छौं। अप्रत्यक्ष रूपमा एकअर्कालाई मन पराएको कुराचाहिँ भनेका छौं। तर, प्रेम प्रस्ताव नै राखिसकेको छैन।

फकाउन के के गर्नुहुन्छ ?
सुरुसुरुमा भेट्न जाँदा सधैं गुलाफको फूल लिएर जान्थेँ। सरप्राइज दिइरहन्छु। सरप्राइजले सम्बन्धलाई फ्रेस बनाउँदो रहेछ।

अब कस्तो सरप्राइज दिने मन छ ?
सरप्राइज प्रपोज राख्ने चाहना छ।

टाढाबाट हेर्दा र नजिक भएपछि केही फरक लाग्यो ?
टाढाबाट हेर्दा उनी साह्रै राम्री छिन्। नजिक गएपछि झनै राम्री लाग्यो। सुन्दर रूपसँगै राम्रो स्वभावले सुनमा सुगन्धजस्तो लागेको छ।

प्रेम के रहेछ ?
यसको परिभाषा नै छैन। प्रेमले सुखदु:ख दुवै दिन्छ।

प्रस्तुति : विनीता मरहट्टा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.