नाम्लो गार्डेनको यस्तो आकर्षण

नाम्लो गार्डेनको यस्तो आकर्षण

मूल गेटबाट प्रवेश गर्दा नै लाग्छ, कुनै सुन्दर बगैंचामा प्रवेश गरिरहेछु। ललितपुर पुल्चोकको बखुन्डोलमा रहेको नाम्लो गार्डेन रेस्टुराँको रौनक नै बेग्लै हुन्छ। प्रवेशद्वारदेखि निगालोको हरियाली पाहुनाको स्वागतमा पर्खेझैं लाग्छ।

आँगनभरि लटरम्म फलेका नासपाती, आरु, आरुबखडाले रेस्टुराँ पुगेका पाहुनाको स्वादमा नयाँपन थपिदिन्छ। धुलो, धुवाँ र कोलाहलदेखि कतै पर पुगेझैं लाग्ने नाम्लो गार्डेन रेस्टुराँ शान्त, स्वच्छ, एकान्त र पारिवारिक वातावरणको अनुपम रोजाइ बन्नसक्छ। त्यसैले होला, मंगलबार रिपोर्टिङमा त्यहाँ पुग्दा माओवादी नेता कृष्ण महरा आफ्नी छोरीको बर्थ डे पार्टी मनाइरहेका थिए।

नेपाली मौलिक नाम नाम्लोको सञ्चालक यूकेका नागरिक पवित्रा एलेन र नेपाली नागरिक टंक गुरुङ हुन्। अमेरिकी, चाइनिज, इन्डियन बिर्यानी र नेपाली मौलिक खाना, नाम्लो खाना सेट यहाँका विशेष परिकार भएको सञ्चालक एलेनले बताइन्।

६ वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा सामान्यदेखि अमेरिकी, नर्वेजियन दूतावासका अधिकारीहरू, यूएनका कर्मचारीसम्म स्वाद लिन आउने गरेका छन्। आफूहरूले एसियन स्वाद विदेशी र विदेशी स्वाद एसियनलाई पस्कने नयाँ शैली प्रयोग गरेको अर्का सञ्चालक टंक गुरुङले बताए।

 


रेस्टुराँको विशेष स्वाद भनेको झोल मम, ट्रिपल डेक रिफ्रेसनर जुस, नाम्लो पिज्जा, रेबुली रहेको रेस्टुराँका किचन म्यानेजर किसन हेकाले बताए।
हरेक शुक्रबार बेलुकी लाइभ कन्सर्टसहित विभिन्न परिकारको स्वाद लिन पाउनु नाम्लो गार्डेन रेस्टुराँको अर्को मौलिकता हो।

शनिबार पश्चिमा मूलका ग्राहक बढी आउने भएकाले यहाँ बिहानको ब्रेकफास्टदेखि खानासम्म इंग्लिस शैलीको तयार पारिने गरेको हेकाले बताए। आगन्तुकलाई वेलकम ड्रिङ्सबाट सुरु हुने यहाँको सेवासत्कारमा नाम्लोको आफ्नै परम्परागत कफीदेखि विदेशी उच्चस्तरका प्येय पदार्थहरू पर्छन्। सञ्चालक भए पनि आफ्नो श्रम र पाहुनाको सत्कारमा कमी हुन नदिन सञ्चालक एलेन रेस्टुराँ खुलेदेखि बन्द नहुन्जेलसम्म खटिइरहन्छन्।

सानातिना बर्थ डे पार्टी, विवाह, जमघट र मिटिङका लागि समेत बफेट सिस्टमको वातावरण रेस्टुराँले तयार पारेको छ। आफ्नै पार्किङ, बगैंचा र कटेजले सुसज्जित रेस्टुराँ गुड फ्राइडे मनाउन उत्तम रोजाइ हुनसक्छ। नायक राजेश हमालदेखि उच्च राजनीतिक, कूटनीतिक व्यक्तिहरू सुटुक्क नाम्लोमा पस्ने गरेका छन्। सहरभित्र सहरको कोलाहलदेखि टाढा पुगेझैं लाग्ने नाम्लोमा प्रकृतिको छेउमा बसेझैं भान हुनु यसको आफ्नोपन हो।

प्रस्तुति: शिवराज योगी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.