अमेरिकामा चम्किँदै नेपाली निक्की

अमेरिकामा चम्किँदै नेपाली निक्की

क्यालिफोर्निया (अमेरिका):
जेट उडाउँछु घुइँ घुइँ
भुल्दिनँ नेपाली भुइँ
सिलिकन भ्यालीकी टिनएजर निक्की कार्कीले गाएको यो गीतको अर्थ जति गहन छ, उनको स्वर पनि त्यतिकै मिठो छ। राजेन्द्र थापाको शब्दमा निक्कीले अमेरिकामै आवाज भरिन्। मिक्सिङ नेपालमा भयो, भिडियो अमेरिकामा बन्यो। गीत संसारभरि चल्यो।

बाल्यकाल काठमाडौंमा बिताएकी निक्की प्रविधिको विश्व राजधानी क्यालिफोर्नियाबाट प्रविधिको अधिकतम प्रयोग गर्दै संसारभर चम्किइन्। इन्टरनेट र सामाजिक सञ्जालले यी नेपाली टिनएजरको जीवनमा आमूल परिवर्तन ल्यादिएको छ। रेडियो टेलिभिजनबाट नबजेको उनको त्यो नेपाली गीत चार महिनामै १३ लाखले हेर्ने थिएनन्। 'म प्रवासमा बसेर नेपाली गीत खोज्दै थिएँ, राजेन्द्र थापाले लेख्नुभएको गीत मन पर्यो, गाएँ', निक्कीले भनिन्, 'म अमेरिकी स्वतन्त्रतामा बाँचेको केटीलाई सुहाउने गीत थियो यो।' गीतको अर्को हरफ यस्तो छ:


म त सारंगी बजाउँछु, मादल बजाउँछु।

डिस्कोमा छमछम गर्दै, डाँफेझैं नाच्छु।

गीतले नारी सशक्तीकरणको सन्देशसमेत दिएको छ। क्यालिफोर्नियाका विभिन्न रमणीय ठाउँमा नेपाली झन्डा फहराउँदै छायांकन गरिएको त्यो गीतमा उनले आफैं मोड्लिङ गरेकी छन्। युटुबर निक्कीलाई फ्यान फलोअरले 'यु ट्युब क्विन' नाम दिएका छन्।

कुनै गीत यु ट्युबमा वा फेसबुकमार्फत सार्वजनिक गरेपछि भीड लागिहाल्छ। 'अब इन्टरनेटबाटै संसारभरि लोकप्रियता कमाउनसक्ने अवस्था बनिसक्यो', आफ्नो फेसबुक पेजको इनबक्समा भरिएका सन्देश देखाउँदै उनले भनिन्, 'हेर्नु न यी सन्देश पढेर उत्तर दिनै नभ्याउने अवस्था छ।'

 

काठमाडौंमा जन्मिएकी निक्की कक्षा ३ मा पढ्दादेखि नै अभिभावक दिवसमा गाउँदा गाउँदै थाहै नपाई संगीतको नशामा डुबिन्। 'मलाई जहिले गीत गाउँदा फस्ट हुनुपर्छ भन्ने चिन्ताले सताउँथ्यो', उनी स्मरण गर्छिन्।

लता मंगेशकरको अजीव दासता भन्ने गीत ट्र्याकमा गाएर अपलोड गरेपछि उनको स्वर सबैले मन पराए।निक्कीले रेकर्ड गरेको अर्को चर्चित गीत 'हैन भन्देऊ न'को कथा झनै रमाइलो छ। अस्ट्रेलियामा बस्ने गायक र अमेरिकामा बस्ने निक्कीले म्युजिक ट्याकमा गीत गाए। 

रातो बंगला स्कुलमा छन्दमा कविता समेत वाचन गरेकी उनको कलाको प्रशंसा विद्यार्थी जीवनबाटै सुरू भएको हो। 'यतिसम्म कि स्कुलले मलाई फी नै लिन छोड्यो, सबैजना आएर फोटो खिचाउन चाहन्थे', निक्कीले विगत खोतलिन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम 'भ्वाइस अफ नेपाल'मा पनि उनले भाग लिइन्। तर ओभर कन्फिडेन्ट भएकाले परिणाम भने जस्तो भएन।

संगीता राणा प्रधान र शिशिर योगीसँग सांगीतिक कक्षा लिँदालिँदै उनलाई अमेरिकी चिट्ठा (डीभी) पर्यो। पाँच वर्षअघि १४ वर्षको उमेरमा उनी अमेरिका लागिन्। अमेरिका पुगेपछि उनको संगीत लगाव घटेन, झन् बढ्दै गयो। ल्यापटप कम्प्युटरमै गीत गाउँदै पोस्ट गर्न थालिन्।

मन पराउनेको संख्या बढ्दै गयो। लता मंगेशकरको अजीव दासता भन्ने गीत ट्र्याकमा गाएर अपलोड गरेपछि उनको स्वर सबैले मन पराए। 'यति धेरैले मन पराउनुहुने रहेछ भनेर त्यसपछि मात्रै थाहा भयो', निक्कीले भनिन्। ३२ हजार युट्युब सब्क्राइबरले यो गीत ऊ गीत गाउनुपर्यो भन्दै अनुरोध गर्न थाले।

'सुरुमा नेपाली गीत नपाएर हिन्दीको ट्याकमा गाउँथेँ', उनले भनिन्। लोभलाग्दो लोकप्रियतापछि निक्कीलाई अमेरिकाका विभिन्न राज्यबाट निम्ता आउन थाल्यो। उनले प्रशान्त तामाङ र अमित पलसँग सन् २०११ मै स्टेज सेयर गरिन्। धेरै माग बढेपछि फेसबुक पेज बनाइन् र आफ्ना गीत (कभर गीत) फेसबुकमा पोस्ट गर्न थालिन्।

निक्कीले रेकर्ड गरेको अर्को चर्चित गीत 'हैन भन्देऊ न'को कथा झनै रमाइलो छ। अस्ट्रेलियामा बस्ने गायक र अमेरिकामा बस्ने निक्कीले म्युजिक ट्याकमा गीत गाए। नेपालमा संगीत भरियो र युट्युबमा सार्वजनिक गरिन्। पछिल्लोपटक चार महिनाअघि जेट उडाउँछु भन्ने सोलो गीत प्रसन्न पौडेलको भिडियोसहित सार्वजनिक गरिन्।

पछिल्लोपटक अमेरिका जाँदा व्यंग्यकार मनोज गजुरेल, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग आफ्नो प्रस्तुति दिन पाएको उनको जीवनका महत्वपूर्ण स्मरण हुन्। 'उहाँहरू सबैले मलाई चिन्नुभएको रहेछ, साह्रै खुसी लाग्यो', छुट्टिने बेलामा उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.