मानववस्तीका कारण चुरे संरक्षणमा चुनौती

मानववस्तीका कारण चुरे संरक्षणमा चुनौती

चन्द्रपुर: रौतहटको चुरे क्षेत्रमा बसोवास गर्दै आएका मानिस व्यवस्थित गर्न नसक्दा चुरे पहाड जोखिममा पर्दै गएको छ। मानवबस्तीकै कारण चुरे संरक्षणमा समस्या देखिएको हो।

चुरे क्षेत्र तराई मधेसको पानी भण्डारको महत्वपूर्ण स्रोत रहे पनि मानव अतिक्रमणका कारण पानी सुक्दै गएको छ। अतिक्रमणका साथै वन फडानी, डडेलो, भूक्षय, नदी कटान चुरे संरक्षणका चुनौतीका विषय बनेको रौतहटको गैडाटार आयोजित चुरे दिवस कार्यक्रमका सहभागीले बताए।

पछिल्लो समय जथाभावी रूपमा बालुवा, गिट्टी, ढुंगा निकासी हँदा चुरे संरक्षणमा थप समस्या आएको छ।चुरेनजिकैबाट ढुंगा, गिट्टी, बालुवा निकाल्दा नदीहरूले आफ्नो धार बदलेर खेतीयोग्य जमिन कटानका साथै बस्तीमा पस्ने खतरा बढ्दै गएको छ।

चुरे मानवरहित कि मानससहित स्पष्ट गरेर मात्रै चुरे क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर अध्यक्ष राजु धामीले सुझाब दिए।
गएका वर्षहरूमा वन कार्यालय तथा भूसंरक्षण कार्यालयहरूले चुरे क्षेत्रमा करोडौं खर्च गरे पनि प्रभावकारी नभएको तथा वृक्षारोपण गरिएका अधिकांश ठाउँ उजाड रहेको कांग्रेसका कमलकुमार मोक्तानले बताए।

 

सरकारले पाँच वर्षदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। वृक्षारोपण, पुनर्उत्पादन तथा संरक्षण, बिरुवा उत्पादनजस्ता योजना सञ्चालन गरिए पनि प्रभावकारी हुन सकेको छैन। राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत् बर्सेनि एक करोडभन्दा बढी रकम जिल्लामा खर्च हुँदै आएको छ।

अव्यवस्थ्ति बसोवासले चुरे पहाड जोखिममा रहेको, कृषि वनको अवधारणा प्रभावकारी रूपमा लागू गर्नुपर्ने नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यको भनाइ छ। रौतहटको भोलनटार, अरुणबस्ती, इपिलघारी महादेवडाँडा, हिलेखोला, फूलबारी, पौराईलगाएका चुरे क्षेत्रमा वर्षौंदेखि मानिस बसोवास गर्दै आएका छन्।

जिल्लाको करिब २५ किलोमिटर चुरे क्षेत्रमा दुई हजार घरटहरा निर्माण भएका छन्। जिल्ला वन कार्यालय रौतहटका अनुसार १७ सय हेक्टर चुरे क्षेत्र अतिक्रमण गरी मानिसले खेती गर्दै आएका छन्।

जिल्लाको अधिकांश चुरे क्षेत्रको सामुदायिक वन हस्तान्तरण गरिसकिएकाले विधान र कार्ययोजनाअनुसार स्थानीयले संरक्षणमा ध्यान दिनुपर्ने रौतहटका निमित्त वन प्रमुख विन्देश्वर यादवले बताए। चुरे संरक्षणमा वृक्षारोपणलगायतका विभिन्न कार्यक्रमसमेत गर्दै आएको कार्यालयका निमित्त प्रमुख यादवको भनाइ छ। रौतहटमा २९ हजार चार सय हेक्टर वन क्षेत्रमध्ये पाँच हजार हेक्टर चुरे क्षेत्रमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.