३० हजार फिटमाथि जहाजमै जन्मिइन् शिशु

३० हजार फिटमाथि जहाजमै जन्मिइन् शिशु

काठमाडौं: जमीनबाट ३० हजार फिटको उचाई उडिरहेको जहाजमा एक महिला यात्रुको प्रसुति गराइएको छ।

यो घटना साउदी अरब एयरलाइन्सको जहाजभित्र भएको हो । यो जहाजभित्रै परिचारिकाहरुले ती महिलाको प्रसुती गराएका हुन् ।

प्रसुती गराएपछि विमान परिचारिकाहरुले नवजात शिशुसँगको तस्बिर पनि खिचेका छन् ।

साउदी अरेबियन एयरलाइन्सको जहाज जेद्दाहबाट न्यूयोर्कका लागि गइरहेको थियो । यात्राकै क्रममा जहाजमा सवार एक गर्भवती महिलालाई सुत्केरी ब्याथा लाग्यो ।

 

ब्यथा लागेकी ती महिलाको जहाजमै प्रसुति त गराइयो नै त्यसपछि बोइङ्ग ७७७ जहाजलाई उत्तरी आयरल्यान्ड नजिककैको विमानस्थलमा आपतकालिन अवतरण गराइयो । त्यसपछि जहाजलाई लण्डनस्थित हिथ्रो विमानस्थलमा लगिएको थियो ।

साउदी अरेबियन एयरलाइन्सका जनसम्पर्क अधिकृत अब्दुल रहमान अल फहादले नाम नखुलाइएकी ती महिला यात्रुले सात महिनामै शिशु जन्माएकी हुन् ।

'जहाजमै प्रसुतिपछि जन्मिएकी शिशु र आमा दुबैजना अहिले स्वास्थ छन्', उनले बिहीबार सञ्चारमाध्यमलाई भनेका छन् । उनले आफ्ना कर्मचारीहरुलाई आपतमा प्रसुति गराउन पनि तालिम दिइएकाले उनीहरुले सजिलै प्रसुति गराउन सकेको बताए ।

विमानका पाइलट र एयरहोस्टेसले नवजात शिशुसँग खिचेको तस्बिर फेसबुकमा पोस्ट गरेपछि भाइरल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.