'सधै तन्नेरी' पुस्तक अब बजारमा

'सधै तन्नेरी' पुस्तक अब बजारमा

काठमाडौं: बुढेसकालमा स्वस्थ रहने उपाय समेटिएको पुस्तक 'सधैं तन्नेरी' सार्वजनिक भएको छ । डाक्टर जीवन प्रसाईले वैज्ञानिक खोजबाट पत्ता लगाएका तथ्यहरू समेटेर तयार पारेको पुस्तक शनिबार सार्वजनिक भएको हो।

पुस्तक विमोचन कार्यक्रममा पनि उमेरले पाका भएका व्यक्तिहरूलाई नै उभ्याइएको थियो।लेखक प्रसाईंले डाक्टर तीर्थ श्रेष्ठ र शताब्दीपुरुष सत्यमोहन जोशीलाई पुस्तक हस्तान्तरण गरेर सार्वजनिक गरेका हुन्।

पुस्तक प्रकाशक नेपालयकै हलमा भएको कार्यक्रममा डा. श्रेष्ठले पुस्तकले आफ्नो जीवनसँग मिलाएको तालमेलको चर्चा गरे । उनले भने, ‘पुस्तकमा आफैंलाई पढेजस्तो लाग्यो ।' श्रेष्ठले आफ्ना अनुभवलाई ठट्यौली पारामा रोचक तरिकाले प्रस्तुत गरे।

प्रसाईको पुस्तकमा ‘डिस्क्रिप्सन' भन्दा 'प्रेस्क्रिप्सन' बढी भेटिएको बताउँदै उनले साहित्यिक उपन्यासजस्तै रोचक भाषामा लेखिएको टिप्पणी गरे।जीवनचक्रमा सामेल भएपछि बूढो हुन्न भन्न कसैले पाउँदैन। तर बुढेसकाललाई रोएर बिताउने या क्रियाशील भएर खुसीसाथ बिताउने आफैंमा निर्भर हुन्छ।

 

बुढेसकाललाई रमाइलो र क्रियाशील भएर बिताउन आफूलाई ‘मेनटेन' गर्नुपर्छ, शारीरिक, मानसिक र सामाजिक रूपमा। यसका लागि खानपान सबैभन्दा महत्वपूर्ण कुरा हो । तर सन्तोष नै सबैभन्दा ठूलो कुरा भएको संस्कृतिविद् जोशीले बताए।

मन सन्तुष्ट नभएपछि कुनै आहार र व्यायामले मानिसलाई स्वस्थ राख्न नसक्ने उनले बताए । प्रसाईको वैज्ञानिक लेखनीमा दर्शनलाई पनि समेट्न जोशीले सुझाव दिए।

जापान, क्यानडा र अमेरिकाका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसन्धानको नतिजास्वरूप अमेरिकाको युनिभर्सिटी अफ अल्बामा एट बर्मिन्घाममा कार्यरत प्रसाईले नेपाली पाठकमाझ पुस्तक पेस गरेका हुन्।

पुस्तकमा नबितेको जीवन, अवकाशपछि, छरितो शरीर, भोक र भोजन, बुढेसकालमा दाम्पत्य, महिला र महिनावारी, बदलिँदो प्रोस्टेटलगायतका विषय समावेश छन्। पुस्तकको मूल्य तीन सय ४५ रुपैयाँ छ। यसअघि उनको ‘जीवन जिउने काइदा' पुस्तक प्रकाशन भइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.