योगभूमि, तपो भूमि, ज्ञानभूमि

योगभूमि, तपो भूमि, ज्ञानभूमि

योगविद्या अहिले घरघर र जनजनमा पुगेको छ। कुनै बेला गुफा र कन्दराहरूमा सीमित थियो। साधु, सन्न्यासी, गृहत्यागी र विरक्तहरूले मात्रै योग गर्छन् भनेर बुझ्ने गरिन्थ्यो। अब परिस्थिति र वास्तविकता दुवै बदलिएका छन्।

जुन समाज जति बढी आधुनिक र सुशिक्षित छ, आज योग त्यही समाजमा बढी मात्रामा प्रचलित छ। अत्याधुनिक फेसन र जीवनशैलीमा रमाउनेहरू पनि योगबिना आफूलाई अधुरो-अपूरो महसुस गर्न थालेका छन्। नास्तिक, कट्टरपन्थी र वाममार्गीहरू पनि यतिखेर योगको पछाडि लालायित छन्। समग्र जगत् यतिखेर योगप्रति सुसम्मोहित झैँ देखिन्छ। समग्र विश्व परिदृश्यमै अहिले सर्वाधिक चर्चा र आकर्षणको विषय बनेको छ, हाम्रो योग विज्ञान।

मूलतः योग विज्ञान हाम्रो हो। हाम्रो भन्नाले हामी सनातनवादी, पूर्वीय एवं हिमालय संस्कृतिका अनुगामीहरूको हो। योगको उद्गम भूमि हिमालय क्षेत्र हो। तमाम प्रमाण, तर्क र तथ्यहरू उपलब्ध छन्, जसले योगलाई ऋषिप्रणीत महाविज्ञान मानेको छ। हामी सबै ऋषिका सन्तति हौँ। हामी जुन ऋषिप्रणालीका सन्तति हौँ, योग विज्ञान तिनैको देन हो।

नेपाल विश्वकै एकमात्र भूखण्ड हो, जहाँ अहिले पनि समग्र ऋषि संस्कृति जीवित छ। संस्कृति र योगको उद्गम हिमालय क्षेत्र भन्नेमा कुनै दुईमत छैन। सबैमा जगजाहेर छ, सबैभन्दा धेरै हिमालय भएको देश हाम्रो देश हो। अतः हामी सप्रमाण, सगौरव भन्न सक्छौँ, योग को उत्पत्ति स्थल यही नेपाल हो।

कुनै पनि प्राच्य विद्या जसलाई महान् अध्येता ऋषि-मनीषीहरूले प्रवर्तन गरे, त्यसमा परिवेश र पर्यावरणको अत्यन्त ठूलो भूमिका रहेको छ। मरुभूमि र आँधीबेहरीको मध्यमा बसेर तप, ज्ञान योगको एवं अध्ययन-अनुसन्धान दुष्कर हुन्छ। यसको लागि अनुकूल परिवेश चाहिन्छ।

विश्वमै उत्कृष्ट परिवेश एवं पर्यावरण भएको देश नेपाल हो। नेपालबाहेक विश्वको कुनै भूखण्डमा षड्ऋतु (छ ऋतुहरू) छैन। वैविध्यपूर्ण षड्ऋतुले युक्त नेपालभूमि नै योगको आदिप्रयोग भूमि हो भन्दा अतिशयोक्तिपूर्ण हुँदैन।

 

योगग्रन्थहरूमा उल्लेख भएअनुसार योगको आदिप्रवक्ता महायोगी शिव हुन्। आदिनाथ शिवको लीला, क्रीडा र मञ्चनका सहस्र उदाहरण यस माटोसँग जोडिएर आउँछन्। शिवको साक्षात् प्राकट्य पशुपतिनाथदेखि लिएर शिवपुरी र शिवगञ्जहरू यहीं छन्।

शिव र शक्तिको महिमा उजागर गर्ने सयौँ शक्तिकेन्द्रहरूको व्याख्याले शास्त्रहरू भरिएका छन्। यस दृष्टिबाट पनि स्पष्ट हुन्छ, योगको आरम्भ-इतिहास हाम्रै नेपालभूमिसँग जोडिएको छ। तत्वतः नेपाल योगभूमि हो, तपोभूमि हो र ज्ञानभूमि हो।


योग स्वयंमा महान्, श्रेष्ठ र अद्वितीय जीवन विद्या हो। यति हुँदाहुँदै पनि, हाम्रो योग जब गैरऋषिसन्ततिहरूबाट ‘योगा'बनेर फेसनको विषयवस्तु बन्न पुग्यो। 

योग विज्ञानको प्रतिपादन गर्ने प्रथम दर्शन सांख्य हो। सांख्य सूत्रमा योगको सैद्धान्तिक विवेचना छ। यसका रचनाकार महर्षि कपिल हुन्। भनिन्छ, महर्षि कपिलको साधनाभूमि कपिलातीर्थ, कपिलवस्तु हो।

समग्र विश्वलाई सहस्र शताब्दीअगावै सर्व श्रेष्ठ उपहार योगविद्याको प्रवर्तन गर्ने कपिलमुनीकै हामी सन्ततिहरू भर्खर मात्रै जाग्रत हुँदैछौँ। अनेकौँ आदिम योगग्रन्थहरूका कृतिकार महर्षि व्यास नेपालकै तनहुँ क्षेत्रलाई तपोभूमि बनाउने महाविभूति हुन्। हाम्र्रा कुलगुरु गुरु गोरखनाथसँग जोडिएर आउने योगसम्बद्ध थुप्रै प्रसंग छन्।

योग हाम्रो हो, हाम्रो थियो, अब आएर विश्वव्यापी भएको छ। योग स्वयंमा महान्, श्रेष्ठ र अद्वितीय जीवन विद्या हो। यति हुँदाहुँदै पनि विडम्बनायुक्त तथ्य के हो भने हाम्रो योग जब गैरऋषिसन्ततिहरूबाट ‘योगा'बनेर फेसनको विषयवस्तु बन्न पुग्यो, बल्ल हामी तिनको अनुकरण गर्न लागिरहेका छौँ।

एक अनुमानअनुसार आजको दिनमा केवल दुई प्रतिशत नेपालीहरू मात्रै योग गर्छौं। विश्व ज्ञानमञ्चका अनेकौँ वैज्ञानिक अध्येता-अनुसन्धाताहरूले योगलाई पूर्णतः वैज्ञानिक चिकित्सकीय एवं जीवनशैली प्रधान विद्या प्रमाणित गरेका छन्।

यसमा धार्मिक अन्धता रत्तिभर पनि छैन, यसको पुष्टि हुन कतै बाँकी छैन। त्यसैले आज जुन २१ को दिनमा विश्वका झन्डै दुई सय देशमा एकसाथ योग गरिँदैछ। जबकि सरकारी स्तरबाट आज पहिलोपटक योग उत्सव मनाइँदैछ, त्यो पनि अति छोटो तयारीका साथ। हाम्रो बौद्धिक वर्ग र सरकार पहिल्यै जागेको भए संयुक्त राष्ट्रसंघमा योग दिवसका निमित्त प्रस्ताव पेस गर्ने प्रथम राष्ट्र योग भूमि नेपाल हुने थियो।

योग सुखशान्तिको अद्वितीय गोली हो। त्यसैले त आज योग हरेक क्षेत्र, वर्ग र समाजमा द्रूत गतिमा प्रचलित भइरहेको छ। हिजो धर्मलाई अफिमको गोली भनेर राजनीतिक मान्यतामा हुर्केबढेकाहरू नै आज योगाभ्यासमा सबसे अघि छन्। खुसी नै मान्नुपर्छ, यसपटक अन्तर्राष्ट्रिय योग दिवस मनाउने सिलसिला मन्त्रालयहरूका बीचमा तानातान भएको थियो।

माओवादी पृष्ठभूमिबाट आएका शिक्षामन्त्री यतिखेर योगको पैरवी गर्ने अग्रपंक्तिमा छन्। कम्युनिस्ट पृष्ठभूमिकै संस्कृति मन्त्रीको प्रवचन योगगुरुहरूको भन्दा बेजोड छ। साम्यवादी आन्दोलनका नाइके वर्तमान प्रधानमन्त्री स्वयं योगका तालिमप्राप्त प्रशिक्षक हुनुहुन्छ।

योगको महत्वपूर्ण ग्रन्थ हठप्रदीपिकामा भनिएको छ, योग जोसुकैले गर्न सक्छन् र यसमा सफलता हासिल गर्न सक्छ। युवा, वृद्ध, अतिवृद्ध, असक्त र रोगीले समेत योगाभ्यास गरेर लाभ प्राप्त गर्न सक्छन्। यसमा कुनै जाति, उमेर, लिंग र वर्गका आधारमा भेदभाव छैन। सबै बलहरूमा योग परमबल हो।

भनिएको छ, ‘नास्ति योगसमं बलम्।'अर्थात् योग समान अर्को कुनै बल छैन। कायरता, दुर्बलता, भयग्रस्तता, तनाव र मानसिक द्वन्द्व सर्वत्र व्याप्त भएको वर्तमान युगमा योग सर्वोपरि समाधान हो। चेतनाको उत्थान, आत्मोन्नति तथा आत्मसाक्षात्कार योगको उपल्लो ध्येय हो।

यद्यपि योगको प्रभक्त सर्वप्रथम शारीरिक स्तरमा देश पर्छ, जो नियमित योगाभ्यास गर्छ, जसले तन्दुरुस्ती, आरोग्यता, सुस्वास्थ्य तथा स्फूर्ति प्राप्त गर्दछ। हाम्रो चेतनाको प्रकृति मनोशारीरिक किसिमको हुन्छ। मनको प्रभाव शरीरमा र शरीरको प्रभाव मनमा अविछिन्न रूपले परिरहन्छ। जब शरीर स्वस्थ, तन्दुरुस्त र रोगरहित हुन्छ, मन आफैँमा सिर्जनात्मक एवं सुखदायी हुन थाल्छ।

योगअन्तर्गतका आसन, प्राणायाम, मुद्रा, बन्ध एवं शुद्धिक्रियाको प्रयोग शरीरले गर्छ जबकि प्रभाव, मन एवं चेतनासम्म पुग्छ। यसो भन्नु गलत नहोला कि योगले योग्यता प्रदक्त गर्दछ। योगले दिने योग्यता शारीरिक, मानसिक, भावनात्मक एवं आत्मिक चारै स्तरलाई उपयोगी हुने गर्दछ।

शोध-अनुसन्धानतर्फ दृष्टि लैजाने हो भने क्यान्सरजस्ता जटिल र पीडादायी रोगव्यथाको समाधान गर्ने क्षमता योगमा छ। सामान्य प्रकारका रोगसमस्यालगायत जीवनशैलीजन्य जटिलता त योगद्वारा केही समयभित्रै समाधान गर्न सकिन्छ।वर्तमान समयमा जेजति रोगव्याधि, समस्या र जटिलता छन्, ती सबैलाई सम्बोधन गर्ने सामथ्र्य योगमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.