सेन्चुरी बैंकको भिसा क्रेडिट कार्ड
काठमाडौं : सेन्चुरी कमर्सियल बैंकले सेन्चुरी भिसा क्रेडिट कार्ड सुरु गरेको छ।
यो सँगै ग्राहकले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्नेछन्।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेन्चुरी बैंकले भिसा क्रेडिट कार्डको सेवा बैंकका ३१वटै शाखाबाट उपलब्ध गराउने जनाएको छ।
बैंकले आर्थिक वर्ष २०७२÷७३ को चैत मसान्तसम्म कुल निक्षेप २६ अर्ब एक करोड र २२ अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ।
बैंकले ३४ करोड ५० लाख सञ्चालन मुनाफा र २३ करोड २४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ।