रन सुजले ल्यायो स्कुल कलेज अफर
काठमाडौं : रन सुज इन्डस्ट्रिजले 'रन सुजको स्कुल कलेज अफर, सातजनालाई सात लाख बम्पर' नामक उपहार योजना ल्याएको छ।
यस योजनाअनुसार प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाइनेछ, जसमा हात खाली नहुने गरी एक लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
साथै कम्पनीले स्कुल र कलेजका विद्यार्थीलाई लक्षित गरी नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ।
नयाँ मोडलका स्कुल कलेज जुत्ता सस्तो, बलियो र आरामदायी रहेको कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए।
कम्पनीले आफ्नो उत्पादनमा ६ महिनाको वारेन्टीसमेत प्रदान गरेको छ।
गुणस्तर मापदण्डको आधारमा दिइने आईएसओ ९००१:२००८ अवार्ड प्राप्त उद्योगले रन ब्रान्डका पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुज, स्कुल÷कलेज सुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गर्दै आएको छ।