खोलाले बगाउँदा चारजनाको मृत्यु

खोलाले बगाउँदा चारजनाको मृत्यु

विराटनगरः मोरङका अलगअलग खोलामा आएको बाढीले बगाएर चारजनाको मृत्यु भएको छ । खोलाले बगाएर बुधबार बेपत्ता भएका रंगेली–९ टकुवाका १८ वर्षीय विशाल ऋषिदेवलाई बिहीबार मृत फेला पारिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार खोलाले बगाएको भन्दा पाँच किलोमिटर तल मधुवनीमा ऋषिदेवको शव प्रहरी र गाउँलेले फेला पारेका हुन् ।

रंगेली नगरपालिका–७ भएर बग्ने घाँगी खोलाको पुलको रेलिङबाट खसेर विशाल बेपत्ता भएका थिए ।

भौंडाहा–७ स्थित जुडी खोलाले बगाएर स्थानीय बनुलाल राजबंशीको बुधबार साँझ मृत्यु भएको छ ।

एसपी भण्डारीका अनुसार खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका राजवंशीको शव घटनास्थल भन्दा केही तल आफन्तले भेट्टाएर प्रहरीलाई जानकारी गराए थिए ।

मोरङको टाँडी गाविस–५ की ४७ वर्षीया निर्मला राईको स्थानीय तेली खोलामा आएको बाढीले बगाएर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा बगाएपछि मृत्यु भएको अवस्थामा राईको शव जाँते २ र ३ को सीमानामा फेला पारिएको हो ।

खोलाले बगाउँदै गर्दा निर्मलाका पति ५० वर्षीय मानबहादुर राई र जाँते–१ का २७ वर्षीय किरण राईलाई स्थानीयबासिन्दाले जीवितै उद्धार गरेको गाविसका पूर्व अध्यक्ष उपेन्द्र घिमिरेले बताए ।

 

घिमिरेले भने, ‘खोलाले बगाउँदै गरेको अवस्थामा दुबैजनालाई सकुशल उद्धार गर्न स्थानीय बासिन्दाले भ्याए । निर्मलाको भने शव मात्र भेटियो ।’

त्यस्तै मधुमल्लास्थित नुनसरी बक्राहा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । मधुमल्ला–४ स्थित घरबाट बक्राहा खोला तरेर बजारतर्फ जाने क्रममा खोलाले बगाउँदा ४५ वर्षीय रामप्रसाद गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले बताए ।

खड्काका अनुसार खोलाले बगाएर लगेको अवस्थामा गौतमको शव घटना स्थल भन्दा सात सय मिटर तल फेला परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.