अन्तत: ईयुबाट बाहिरिने भयो ब्रिटेन

अन्तत: ईयुबाट बाहिरिने भयो ब्रिटेन

एजेन्सी: ब्रिटेन युरोपियन युनियन (ईयू) बाट बाहिरिने करिब पक्का भएको छ । हिजो भएको जनमतसंग्रहको मत आइरहँदा बाहिरिने पक्षमा ५१ प्रतिशत जनता उभिएका छन् ।

जनमतसंग्रहको परिणाम आइरहँदा ब्रिटेनी जनताले ईयूबाट बाहिरिने स्पष्ट सन्देश ईयू सदस्य राष्ट्र र ब्रिटेन सरकारलाई दिएका छन् ।

मतपरिणामअनुसार अधिकतम अर्थात ५१ प्रतिशत जनताले 'बाहिरिने' यानकि ब्रिटेन ईयुको सदस्य नरहने पक्षमा मतदान गरेपछि विश्वभर सेयर बजारमा उथलपुथल आएको छ भने तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।

मतपरिणाम अनुसार अहिलेसम्म ईयुको सदस्यमै 'रहने' पक्षमा ४८.७  प्रतिशत जनता उभिएका छन्  । अहिलेसम्मको परिणाम अनुसार १ करोड ४३ लाख ५६ हजार ५ सय ३३ जना ईयुबाट बाहिरिने पक्षमा उभिएका छन् भने १ करोड ३४ लाख ९ हजार ६ सय ११ जना ईयुमै रहने पक्षमा उभिएका छन् ।

एक अनुमानका अनुसार अनुसार ४ करोड ६० लाख भन्दाबढी जनताले यो जनमतसंग्रहमा भाग लिएका थिए । यस जनमत संग्रहपछि अहिलेसम्म ३८२ मा १७० क्षेत्रको मतपरिणाम आइसकेको छ ।

ब्रिटेनमा कुनै पनि चुनवमा यति धेरै जनताले भाग लिएको यो पहिलो पटक हो । राजधानी लण्डनसहित दक्षिण-पूर्व ब्रिटेनका कयौं इलाकामा खराब मौसमका बाबजुत उत्साहित हुँदै मानिसहरु मतदानमा सहभागी थिए ।

मतपरिणाम आएसँगै ब्रिटेनी मुद्रा पाउन्डको भाउ ह्वात्तै घट्न पुगेको छ।  नतिजा आउनुअघि पाउन्डको मूल्य १.५० डलरमा चलिरहेको थियो । तर जब नतिजाले ईयुबाट बाहिरिने संकेत दियो तब पाउन्डको मूल्य घटैर १.४१ डलरमा पुगेको छ । मुद्रा कारोबारीहरुका अनुसार सन् २००८ को आर्थिक संकटपछि पहिलो पटक पाउन्डको मूल्यमा यति धेरै गिरावट आएको हो ।

यसअघि पनि सन् १९७५ मा यस्तै किसिमको जनमतस‍ंग्र भएको थियो । त्यो बेला धेरै ब्रिटेनबासीले युरोपियन युनियनमा रहने पक्षमा मतदान गरेका थिए ।

ब्रिटेनी प्रधानमन्त्री डेभिड क्यामरन पत्नी सामन्तासँग भोट हालेपछि ब्रिमेन (ब्रिटेनले ईयुमा रहिरहने) पक्षमा ट्वीट गरेका थिए । उनले ट्वीटमा ब्रिटेनको राम्रो भविष्यका लागि ईयुमा रहिरहने पक्षमा मतदान गर्न जनतालाई अपिल गरेका थिए ।

लण्डनका पूर्वमेयर बोरिस जोनसनले ट्वीट गरेर ब्रिटेनबासीसँग ब्रेक्जिट (ब्रिटटेन ईयुबाट बाहिरिने) पक्षमा समर्थन गर्दै देशको स्वतन्त्रताको खुसी मनाउन अपिल गरेका थिए । जोनसन ब्रिटेनका अघिल्ला प्रधानमन्त्रीका बलिया दाबेदार हुन् ।

सन् २००८ मा ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेको थियो । देशमा बेरोजगारी बढेपछि बढेपछि यही कारण ब्रिटेन ईयुमा रहने या नरहने भन्ने बहसले तीब्रता पाएको थियो ।

यस मागलाई सन् २०१५ मा ब्रिटेनमा भएकव आमचुनावमा युनाइटेड किङ्गडम इन्डिपेन्डेन्स पार्टी (युकेआईपी) ले उठाएको थियो । यो पक्षले यदि ब्रिटेन ईयुबाट बाहिरियो भने अहिले झेलिरहे्का सबै किसिमका दु:ख र तनाव सकिने दाबी गर्दै आएको छ ।

ब्रिटेनमा एक पक्षले युरोपियन युनियनबाट बाहिरिनु देशका लागि ठूलो झट्का हुने बताउँदै आएको छ। प्रधानमन्त्री डेभिड क्यामरन र कन्जर्भेटिभ पार्टीले पनि यही धारणा राख्दै आएको छ ।

ब्रिटेनका नागरिकबीच पनि यसबारेमा मत बाँडिदै आएको छ। यही विवादलाई लिएर सरकारले जनमत संग्रह गराएको हो । यो जनमत संग्रहमा ४ करोड ६० लाख मानिसले भाग लिएका थिए ।

सन् २००८ मा ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेको थियो । देशमा बेरोजगारी बढेपछि बढेपछि यही कारण ब्रिटेन ईयुमा रहने या नरहने भन्ने बहसले तीब्रता पाएको थियो ।

यस मागलाई सन् २०१५ मा ब्रिटेनमा भएकव आमचुनावमा युनाइटेड किङ्गडम इन्डिपेन्डेन्स पार्टी (युकेआईपी) ले उठाएको थियो । यो पक्षले यदि ब्रिटेन ईयुबाट बाहिरियो भने अहिले झेलिरहे्का सबै किसिमका दु:ख र तनाव सकिने दाबी गर्दै आएको छ ।

ब्रिटेनमा एक पक्षले युरोपियन युनियनबाट बाहिरिनु देशका लागि ठूलो झट्का हुने बताउँदै आएको छ। प्रधानमन्त्री डेभिड क्यामरन र कन्जर्भेटिभ पार्टीले पनि यही धारणा राख्दै आएको छ ।

ब्रिटेनका नागरिकबीच पनि यसबारेमा मत बाँडिदै आएको छ। यही विवादलाई लिएर सरकारले जनमत संग्रह गराएको हो । यो जनमत संग्रहमा ४ करोड ६० लाख मानिसले भाग लिएका थिए ।

बाहिरिँदा ब्रिटेनलाई फाइदा
ब्रिटेनलाई प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिनुपर्ने छैन । ब्रिटेनको सीमामा बिना अवरोध भइरहेको आवतजावतमा लगाम लाग्नेछ ।

फ्री भिसा नीतिका कारण ब्रिटेनलाई भइरहेको नोक्सान पनि कम हुनेछ ।

बाहिरिँदा ब्रिटेनलाई घाटा
युरोपियन युनियनबाट बाहिरिँदा ब्रिटेनलाई आर्थिक वृद्धिमा १ देखि ३ प्रतिशतसम्म नोक्सान हुनेछ । ब्रिटेनका लागि सिंगल मार्केट प्रणाली समाप्त हुनेछ ।

अन्य युरोपेली देशमा ब्रिटेनलाई व्यापारसँग जोडिने समस्या बढ्नेछ । पुरै युरोपियन युनियनमाथि भइरहेको ब्रिटेनको दबदबा समाप्त हुनेछ ।

के हो युरोपियन युनियन?
युरोपियन युनियन २८ वटा युरोपेली देशको साझा संगठन हो । सन् १९७५ मा ६ देश (बेल्जियम, फ्रान्स, इटाली, लक्जेमबर्ग, नेदरल्यान्ड्स) रे युरोपियन युनियनको बीउ रोपेका थिए ।

सन् २०१५ सम्मको आँकडा अनुसार युरोपियन युनियनको जनसंख्या ५० करोड भन्दा धेरै रहेको छ ।

युरोपियन युनियनमा रहेका सबै देशको एउटै मुद्रा प्रचलनमा रहेको छ । ईयुमा सामेल भएका २८ वटा देशका नागरिक ती कुनै पनि देशमा बस्न सक्नेछन् । साथै व्यापार (फ्री ट्रेड) पनि गर्ने हैसियत राख्छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.