आकाशे पुल यौन किनबेच गर्ने थलो

आकाशे पुल यौन किनबेच गर्ने थलो

काठमाडौं: उपत्यकाका विभिन्न आकाशे पुलहरू यौन किनबेच गर्ने स्थलका रूपमा परिणत हुँदै गएको छ । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कंलकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।

भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसंगीको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरूलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ ।

११ वर्षदेखि १८ वर्षका किशोरी, सडक बालिका र लागूपदार्थका दव्र्यसनीहरू यौनकार्यमा लागेको पाइएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रूपा शर्मा (नेहा) ले बताइन् ।

ग्राहकले यौनकर्मीसँग मोलमोलाइ गरिरहेको देख्न, सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् । आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना, सवारी मजदुर र विद्यार्थी बढी छन् ।

उनीहरूले प्रतिघन्टा पाँच सय देखि १० हजारसम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ग्राहकहरूमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरूसमेत रहेका स्थलगत अध्ययनमा आबद्ध सञ्जालका सदस्यले बताएका छन् ।

नौ महिनाकी एक गर्भवतीलाई किन यौनकार्यमा संलग्न रहेको भन्ने जिज्ञासा राख्दा सुत्केरी खर्च जुटाउन आएको जबाफ दिएको शर्माले बताइन् । त्यसैगरी मनोरञ्जन क्षेत्र (होटल, रेस्टुरेन्ट, डान्सबार) महिला पनि यौनकार्यमा संलग्न रहेको अध्ययनले देखाएको छ ।

यौनकार्यका लागि व्यक्ति वा स्थान छनोट गर्दा इशाराबाट कुराकानी हुने, नजिकैको गेस्ट हाउसमा जाने र सामान्यतया एक घन्टाका लागि एक हजारका दरले मोलमोलाई हुने गरेको पनि अध्ययनले पत्ता लगाएको छ ।

अवैध यौनकार्य नियन्त्रण गर्न सरकारी निकाय चनाखो हुन थालेपछि क्याबिन रेस्टुरेन्टहरू खाजा घरको रूपमा र मसाजहरू स्पाका रूपमा परिणत हुँदै गए तापनि ती स्थानहरूमा यौनधन्दा यथावत् रहेको शर्माले बताइन् ।

सञ्जालले हालै विभिन्न स्थानहरुमा गरेको मनिटरिङ भिजिटमा भूकम्पपछिको अवस्थामा मनोरञ्जन क्षेत्रमा किशोरीको संख्या बढ्दै गएको र यसमा पनि गोरखाबाट आउने महिला तथा किशोरीको संख्या बढेको तथ्य बाहिर ल्याएको छ ।

यस्ता कार्यमा संलग्न रेस्टुराँहरूले पाँच हजारसम्मको अर्डर लिने ग्राहकलाई एक रातका लागि त्यहाँ काम गर्ने महिला कामदार पठाउने गरेको पनि पत्ता लागेको छ ।

केन्द्रीय बालकल्याण समितिको सहकार्यमा गरिएको अध्ययनपछि यौन धन्दामा लगाइएका पाँचजना बालिकाको उद्धार गरिएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न र त्यसमा संलल्न बालिकाहरूलाई छिटो उद्धार गर्न आफूहरू क्रियाशील रहेको केन्द्रीय बालकल्याण समितिका बाल संरक्षण अधिकृत रवि गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.