'हनिमुनमा कोमल केटी बन्ने प्रयास गरिरहेकी थिएँ'

'हनिमुनमा कोमल केटी बन्ने प्रयास गरिरहेकी थिएँ'

१८ वर्ष अगाडी विकास रौनियारसँग मेरो मागी विवाह भएको हो। कुरा छिनेको डेढ महिनापछि मात्र विवाह भएकाले श्रीमान र परिवार दुवै मेरो लागि नौलो भएन। विकासकी बहिनी अभिनेत्री सनी रौनियार र म एउटै कलेजमा पढ्थ्यौं। उहाँकै कारण हाम्रो विवाह सम्भव भएको हो।

माघको १८ गते विवाह भयो। एक हप्तापछि हनिमुनका लागि गोवा गयौं। उहाँहरुको परिवारमा हनिमुनका लागि बाहिर पठाउने चलन रहेछ। गोवा, मुम्बइ र दिल्लीमा एक महिना वितायौं। गोवाको थुप्रै ठाउँ घुम्यौं। म साधारण परिवारकी केटी।

भारतको छेउछाउ बाहेक कतै गएकी थिइन। स्टार होटेलमा जाने बानी थिएन। विकासले एयरपोर्टदेखि नै धेरै कुराहरु सिकाउँदै लैजानुभयो। परिवारका सदस्यको आनीबानी, खानाप्रतिको रुची सबै कुरा बताउनुभयो।

घरभित्र र बाहिर निस्किएपछि कसरी हिँड्नुपर्छ भन्ने पनि उहाँबाटै सिकेँ। खाना खाने बेलामा कुन चम्चाले के खाने भनेर समेत सिकाउनुभयो। जुन कुराको लागि अहिले मान्छेहरु तालिम लिन्छन्, ती कुरा मैले हनिमुनको समयमा सिकेँ। त्यहि समयमा मनिषा कोइरालाको 'खामोशी' चलचित्र रिलिज भएको थियो। मलाई चलचत्रिमा पहिलेदेखि रुची थियो। 'खामोशी' छायांकन भएको ठाउँमा घुमाउनुभयो।

 

कलेजमा राजनिति गर्ने, अनि केटा जस्तो अलि हक्की स्वभाव थियो मेरो। तर हमिमुनको समयमा कोमल केटी बन्ने प्रयास गरिरहेकी थिएँ। विकासले सजिलो वातावरण सिर्जना गरिदिनुभएको थियो। समुद्र किनारमा रमाइलो समय वितायौं। पहिरनमा कुनै रोकटोक थिएन।

स्वीमिङ सुट लगाएर समुद्र किनारमा गएँ। बाहिर क्याजुअल ड्रेसमै घुम्यौं। गोवाको खाना एकदम मिठो थियो। विकास ननभेज कम खाने। म धेरै खाने। तर पनि कुनै अफ्ठेरो भएन। मौलिक नेपाली खाना दाल भात खानुपर्ने बानी थियो, तर विकासको संगतले रोटी, पाउरोटी खाने भएकी छु।

हनिमुन गिफ्टको रुपमा मलाई विकासले महँगो घडी र सुनको सिक्का पाएँ। उपहार दिनुपर्छ भन्ने मलाई केहि थाहा थिएन। म खासै रोमान्टिक छैन तर विकास चाहिँ अलि स्वभावको छ। हनिमुनका ती पलहरु जीवन रहुन्जेलका लागि 'अनफर्गटेबल मोमेन्ट' बनेका छन्।

कलेजमा युनियनमा आवद्ध भएर हिँडेको मेरो जीवन कता पुग्थ्यो होला, विकासको आगमनले जीवनले भिन्दै बाटो भेटेको छ। जसको लागि विकासलाई जीवनभर 'थ्याङ्क यु' भन्न चाहन्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.