सिम्रिकले भित्र्यायो अर्को हेलिकोप्टर

सिम्रिकले भित्र्यायो अर्को हेलिकोप्टर

काठमाडौँ: निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले नयाँ हेलिकोप्टर ल्याएको छ ।

सिम्रिकले फ्रान्सेली जहाज निर्माता एयरबस हेलिकोप्टर्सले निर्माण गरेको ए एस ३५०-बी २ एसडी टु शनिबार नेपाल भित्र्याएको हो ।

नयाँ हेलिकोप्टर दक्षिण अमेरिकाको पानामाबाट एयर कार्गोमार्फत शनिबार काठमाडौँ ल्याइएको हो । ६ सिट क्षमता भएको हेलिकोप्टरमा हनी वेलको इन्जिन जडान गरिएको छ ।

यसले हिमाली क्षेत्रमा उद्दार, पर्यटकीय गतिविधि, उद्धार र धार्मिक पर्यटकीय गन्तव्यमा सेवा दिने सिम्रिक एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

हेलिकोप्टरले नेपालको पर्यटन क्षेत्रमा सेवा पुर्याउनुका साथै आपतकालिन समयमा काम गर्न र तत्काल राहत तथा उद्दारमा पुग्न सक्ने उनले जानकारी दिए।

सिम्रिक एयरले यही जुलाई अन्तिममा बेल कम्पनीको ४०७ एक विमान ल्याउने बताएको छ ।

उच्च हिमाली क्षेत्रमा सहजै उद्दार गर्न सफल हेलिकोप्टर कम्पनी सिम्रिकका हेलिकोप्टरले २३ हजार फिटसम्म उडान गर्न सक्ने एयरका प्रमुख अधिकृत डिबी ओलीले बताए । 'नयाँ हेलिकोप्टरले पर्यटकीय सेवा र उद्दारका निम्ति सिम्रिकको सेवा थप प्रभावकारी हुने छ,' ओलीले भने ।

सिम्रिकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट रेस्क्यू, हिमाल तथा पहाडी भेगमा विकास निमाणको लागि सामान झुण्डाएर गर्ने (सिलिङ कार्गो)  तथा लङ लाइलिनङमार्फत उद्दार गदै आएको छ ।

सिम्रिकका हेलिकप्टरले उच्च हिमाली दृश्यावलोकन, राहत तथा उद्दार एवम् विकास निर्माण कार्यमा सेवा दिइरहेको छ ।

सिम्रिक एयर विगतमा पनि नयाँ अत्याधुनिक बीथ्रीई हेलिकप्टर भित्र्याउने पहिलो नेपाली विमान सेवा कम्पनी हो ।

सिम्रिकलाई एएस ३५० बीथ्रीई विमानबाट पाएको सेवाले नै सफल कम्पनी बनाउन सहयोग पुर्याएको छ । सिम्रिकका दक्ष पाइलट तथा प्राविधिकद्वारा अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउन सफल भएको सिम्रिक एयरले जनाएको छ ।

२०५८ सालदेखि एमआई १७ हेलिकोप्टरबाट उडान सुरु गरेको विमान सेवा कम्पनीले १५ वर्षदेखि नै अनवरत सेवा दिइरहेको छ ।

सगरमाथा क्षेत्रमा भएको हिउँ पहिरो, अन्नपूर्ण तथा मनाङ क्षेत्रमा भएको हुदहुद (आँधी), गत वैशाखमा गएको विनाशकारी भूकम्पको समयमा पनि सिम्रिकले उद्दार तथा राहतमा उत्कृष्ट योगदान पुर्याएको दाबी गरेको छ ।

स्वदेशी तथा विदेशी पर्यटक ट्राभल एजेन्सी, विभिन्न सरकारी तथा गैरसरकारी एवम् व्यक्ति र व्यक्तिगत फर्मबाट पाएको हौसला, माया र सद्भावलाई प्रेरणाको स्रोतकारुपमा लिएको सिम्रिक एयरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.