बाल यौन दुराचारमा विदेशी

बाल यौन दुराचारमा विदेशी

काठमाडौं: सहरी क्षेत्रका सडकपेटीमा लागूपदार्थ सेवन गरिरहेका वा 'पफ' तानिरहेका बालबालिका विदेशीको 'यौन दुराचार' को सिकार बनेको तथ्य फेला परेको छ।

बाल यौन दुराचार (पेडोफिल) का लागि कुख्यात र ती अपराधमा उनीहरूका मुलुकमा खोजीको सूचीमा रहेका व्यक्तिहरू नेपालमा गिरफ्तार भएपछि नेपाल 'पेडोफिल' का लागि समेत आकर्षक थलो बनेको तथ्य खुलेको छ। यसले बालबालिकाको सुरक्षाप्रति सरकारी निकायलाई गम्भीर बनाएको छ।

जर्मनीका ५२ वर्षीय हान्स क्रिस्टोफ कर्नोलियस सिलिङलाई कास्की जिल्ला अदालतले बाल यौन दुराचौरमा दोषी ठहर गर्दै आठ वर्ष जेल र ५५ हजार रुपैयाँ जरिबाना तोकेको छ। सिलिङ जर्मनीमा 'पेडोफिल' का लागि 'वान्टेड' मात्र होइन 'इन्टरपोल' ले समेत सूचना जारी गरेका व्यक्ति हुन्। काठमाडौंस्थित जर्मन दूतावासको पहलमा मार्च १९ मा उनी पक्राउ परेका छन्।

बाल यौन दुराचारप्रति सचेत केही नेपालीले उनलाई पोखराको एउटा पार्कमा आधा दर्जन बालकसँग देखेका थिए। त्यसको तीन महिनापछि उनको गिरफ्तारी सम्भव भएको थियो। सिलिङ एक्ला विदेशी हैनन्, यस्तो अपराधमा दण्डित हुने।

७१ वर्षीय क्यानडेली नागरिक म्याकिन्टोसलाई पनि यस्तो अपराधमा पाटन पुनरावेदन अदालतले आठ वर्ष कैद सजाय तोकेको छ, केही महिना पहिला।

साउदी अरेबियाका एक नागरिकलाई ठमेलको एउटा होटेलबाट प्रहरीले एक बालकलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको छ। उनलाई केही दिनमै अदालतमा प्रस्तुत गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ।

 

बाल यौन दुराचारविरुद्ध सचेतना र संलग्नबारे सूचना एकत्रित गरी प्रहरीलाई सहयोग पुर्याउन काठमाडौं, विराटनगर तथा अन्य केही सहरी क्षेत्रमा 'गोप्य सञ्जाल' बनेको त्यसमा सामेल एक अगुवाले अन्नपूर्णलाई बताए।

नेपालमा हरेक वर्ष करिब १० लाख पर्यटक आउँछन्। तीमध्ये दुई प्रतिशत पर्यटक बाल यौनशोषण गर्न आउने अनुमान छ। 'अहिले करिब चार सय जना हाम्रो निगरानीमा छन्', उनले भने। विगत चार वर्षमा २० जना विदेशीलाई अदालतले दोषी ठहर गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले यस्ता घटनाले आफूहरूलाई गम्भीर तुल्याएको र त्यसको निगरानी सशक्त रूपमा अघि बढाएको बताए। 'बाल यौनदुराचार गम्भीर अपराध हो।

यसमा संलग्न हुने कोहीकसैलाई पनि उन्मुक्ति दिन मिल्दैन', थापाले भने, 'यस विषयमा सडकपेटीका बालबालिका, अभिभावक, नागरिक सबैसँग अन्तरक्रिया गरी उनीहरूलाई परामर्श गर्नुपर्छ। उनीहरूलाई सचेत बनाउन सकियो भने यस्तो काममा पल्केकाहरू आफैं पनि निरुत्साहित हुनेछन्।'

मुलुकी ऐनले बाल यौनदुराचारलाई जबरजस्ती करणीका रूपमा लिँदै त्यस्तो कार्य गर्नेलाई सजायको व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.