राष्ट्रप्रमुखको खाना परीक्षण हुने

राष्ट्रप्रमुखको खाना परीक्षण हुने

काठमाडौं: राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रूपमा गर्ने खानपानको परीक्षण हुने भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषि विकास मन्त्री हरिबोल गजुरेलले शुक्रबार राजधानीमा खाद्य महोत्सव उद्घाट्नका अवसरमा दिएका हुन्।

मन्त्री गजुरेलले राम्रो कामको सुरुआत मुलुककै राष्ट्र प्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन र स्थानीय पोषिलो खाद्य पदार्थ उपभोगमा प्रोत्साहन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको बिहान र रातिको खानामा प्रयोग हुने खाद्य पदार्थ परीक्षण गरिने जानकारी दिए।

'उहाँहरूले दैनिक प्रयोग गर्दै आउनुभएको खाद्य पदार्थ पोषिलो, स्वास्थ्यवद्र्धक र सन्तुलित छ वा छैन भनेर परीक्षण गर्ने व्यवस्था गर्न लागेका छौं', मन्त्री गजुरेलले भने, 'पढेलेखेका, उच्च ओहोदामा बस्ने, ठूला व्यापारी घराना र मध्यम तथा निम्न वर्गको खाने बानीमा सुधार ल्याउनुअघि राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वकै खाने बानीमा सुधार ल्याउन आवश्यक छ। त्यसपछि दोस्रो चरणमा तल्लो तहमा खाने बानीमा सुधान ल्याइनेछ।'

 

यसका लागि खाद्य विभागले कार्यविधि तयार पारिरहेको मन्त्री गजुरेलले जानकारी दिए। उनले पोषणयुक्त स्थानीय खाना उपभोग गर्न सकिए अस्पतालमा बिरामी भएर जानेको संख्या कम्तीमा ५० प्रतिशत घट्ने दाबी गरे।


पोषणयुक्त स्थानीय खाना उपभोग गर्न सके अस्पतालमा बिरामी भएर जानेको संख्या कम्तीमा ५० प्रतिशत घट्ने।


मन्त्री गजुरेलले सहरियाले रेस्टुराँ र होटेलमा बढी पैसा खर्च गरेर पनि स्वस्थ, पोषिलो र सन्तुलित खाना तथा खाजा उपभोग गर्न नसकेको औल्याउँदै चामलभन्दा स्वदेशमै उत्पादन हुने आलु, मकै, कोदो, फापर, उवा, गहुँ, सागपात र तरकारी सन्तुलित रूपमा उपभोग गर्न सर्वसाधारणलाई सुझावसमेत दिए।

उनका अनुसार निकट समयमा राजधानीमा नमुनाको रूपमा सरकारको सहयोगमा स्वस्थ र पोषिलो परिकारसहितको सुविधा सम्पन्न होटेल सञ्चालनमा ल्याइनेछ।
खाद्य विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार नेपालीको भाते बानीमा परिवर्तन गरेर पोषिलो र सन्तुलित खाना खान प्रोत्साहन गर्ने उद्देश्यले कृषि उद्यम केन्द्र, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको सहकार्यमा खाद्य विभागले शुक्रबारदेखि राजधानीमा दुईदिने खाद्य महोत्सव आयोजना गरेको छ।

महोत्सवमा विभिन्न जातिका परम्परागत खाद्य परिकारका १८ वटा स्टल, जानकारीमूलक तथा प्रविधिका २४ वटा र खाद्य वस्तु उत्पादन गर्ने उद्योगका ३६ वटा स्टल राखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.