फेरि नेपाल आउँछु: हलिउड नायिका मिसेल

फेरि नेपाल आउँछु: हलिउड नायिका मिसेल

भक्तपुरः हलिउड नायिका मिसेल योहले नेपालको सुन्दरता र नेपालीको आतिथ्यता ग्रहण गर्न फेरि पनि नेपाल आउने योजना बनाउने बताएकी छिन्।

नेपाल भ्रमणका क्रममा शनिबार भक्तपुर दरबार क्षेत्र पुगेकी योहले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपालको सम्पदा विश्वमै उच्चस्तरीय भएकाले नेपालको पर्यटन प्रवद्र्धन गर्न भए पनि फेरि नेपाल आउने बताएकी हुन् ।

संयुक्त राष्ट्रसंघका सद्भावना दूतसमेत रहेकी योहले भूकम्पको पीडाबीच पनि खुसी र सन्तुष्ट देखिएका नेपालीहरुको साथ र सहयोगको लागि आफू पुनः नेपाल आउने बताइन् ।

यसअघि तीनपटक नेपाल आइसकेकी उनले भूकम्पपछिको पुनर्निर्माण सुस्त भए पनि गतिशील रहेको प्रतिक्रिया दिइन्।

‘भूकम्पपछिको पुनर्निर्माण सुस्त छ तर गतिशील छ', उनले भनिन्, ‘हामीले सचेततापूर्वक योजना बनाई भूकम्प पीडितहरुलाई समानुपातिक रुपमा सेवा सुविधा प्रदान गर्नुपर्छ ।'

नायिका योहले भूकम्पले क्षति पुयाएका सम्पदा पुनर्निर्माणमा हतार नगर्नसमेत सुझाव दिएकी छन् । नेपालको मौलिक वास्तुकला तथा निर्माण प्रविधि नै प्रयोग गरेर सम्पदा पुनर्निर्माण गर्नुपर्ने उनको जोड थियो ।

‘नेपाली मौलिक प्रविधि राम्रो छ, यसले समय लिए पनि मौलिक स्वरुपमै सम्पदाहरुको पुनर्निर्माण गरिनुपर्छ', उनले थपिन् ।

उनले नेपाल आफै सुन्दर र शान्त मुलुक भएकाले हलिउड चलचित्र सुटिंग गर्नसमेत राम्रो स्थल भएको बताइन् ।
‘नेपाल फिल्म सुटिंग गर्ने राम्रो थलो हो, हिमाल, पहाड र तराईको समीश्रण साँच्चिकै राम्रो ठाउँ हो', उनले भनिन्, ‘कथाअनुसार नेपालमा पनि सुटिंग गर्न निर्माता र निर्देशकसँग आग्रह गर्नेछु ।'

उनले नेपालसँगै विश्व नै गरिबी, बेरोजगारी, लैगिंक असमानता तथा जलवायु परिवर्तनविरुद्ध विश्व समुदाय एकजुट भएर अघि बढ्नुपर्ने भन्न छुटाएनन् ।
नायिका योहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको नेतृत्वको टोलीले भक्तपुर दरबार क्षेत्रका विभिन्न सम्पदाको अवलोकन गराएको थियो ।

उक्त अवसरमा नायिका योहले भक्तपुर दरबार क्षेत्रस्थित तलेजु आँगछें, पचपन्न झ्याल दरबार, स्वर्णद्वार, सुन्धारा, पशुपति महादेवको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

उनले भूकम्पले क्षति पुयाएका सम्पदाको अवलोकनसँगै तिनीहरुको पुनर्निर्माण कार्यबारेसमेत चासो व्यक्त गरेका थिए।

उनलाई पर्यटनमन्त्री पोखरेलसँगै भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला, भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिका पदाधिकारीहरुले भक्तपुर दरबार क्षेत्रमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.